ज्ञानु फुरुम्बो लिम्बू(चरपे)÷बेलायत
आफ्नो भाषा,लिपि,संस्कार सास्कृतिक बाचेमा आफू बाचिन्छ, भाषा,लिपि,धर्म,संस्कार सास्कृतिक मरे हराए जाती आफै लोपभएर हराएर जान्छ भने झै । आफ्ना मौलिक परम्परालाई जिउदो राख्न र आउदो पिढीलाई आफ्ना प्राचीन मौलिक सस्कृतिकलाई चिनाउन वेलयतमा किरात राई उभौंली साकेला मनाउँने भएको छन् । किरात राई समुदायहरुले परम्परा देखि मौलिक सास्कृतिकको रुपमा मान्दै आएको उभौलि साकेला (साक्खेवा) सेवा विभिन्न कार्यक्रम सहित आगामी १ जुन का दिन किरात राई यायक्खा बेलायतको भब्य,सभ्य रुपमा किरात राई हाउस ग्याम्बलस लेन्ड वकिङमा आयोजना हुन गईरहेको किरात राई यायक्खा बेलायतका अध्यक्ष योगेश राईले बताउनु भएको हो ।
अध्यक्ष राईका अनुसार आगामी हुन गईरहेको उभौलि साकेला सेवा पर्वमा बेलायतका महामाहिमको प्रमुख आतिथ्यमा तथा विभिन्न सामाजिक संघ,सस्थाका प्रतिनिधीहरुको उपस्तिथिमा कार्यक्रम संचालन हुने छन् । भने कार्यक्रमलाई सभ्य भब्य बनाउन राईहरुको मौलिक सास्कृतिक,पहिचानसंग जोडिएको चान सिलीलाई क्षेत्रीय र प्रारम्भिक संगठहरुबाट प्रदर्शन गरिने छ भने मनोरञ्जका लागि भाग्य चिठा खेल पनि संचानलन गरिने छ ।
किरात राई यायक्खा बेलायतको २००४ सालमा स्थापना भए देखि प्रत्येक बर्ष युके भरि बसोबास गर्ने किरात राई यायक्खा समुदायहरुको बाक्लो उपस्थितिमा उभौलि साकेला, मौलिक सेवा पुजा सहित किरात राई हाउस ग्याम्बलस लेन्ड वकिङमा भब्य रुपमा कार्यक्रमहरु संचालन गर्दै बताएका छन ।
किरात समुदाय प्रकृतिक पुजक भएको कारणले आफ्नौ मुन्धुम अनुसार परम्पराकाल देखि पुग्दै मान्दै आएको घरभित्र तीन चुलाको सेवा गरिन्छ त्यस पछि पितृ पुजा सेवाका गरि सके पछि बाहिरी साखेवा भुमि भुमे पञ्चप्रकृति आकाश,धर्ति,जल,बाय,अग्नि लगायत देवी देवताहरुको बिज्ञ पुजारी नक्सो नागिरेबाट सेवा सेवा हुने । प्रकृतिक प्रकोप, दैवी प्रकोप नलागोस देव दोस राज राज दोस नलागोस दुख,पीडा भोक्मरी,असान्ति नहोस सबैको कल्याण होस भनी सेवा प्रार्थना गर्दै मुल मातृ पितृदेव सुम्निहाङ पारुहाङसंग आशिर्वाद लिदै ढोलबाजा सहित थानमा बिधिवत मौलिक परम्परा पुजा हुने यायक्खा अध्यक्ष राईले बताएका छन ,
फाईल तस्बिर
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
