असार ३१ गते २०८३
07:58: PM
असार ३१ गते २०८३
07:58: PM

फुङ्लिङमा लागू औषध सहित ४ युवा पक्राउ

जेठ १६ गते २०८१
8:48 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा प्रतिबन्धित लागू औषध सहित ४ जना युवा पक्राउ परेका छन् । विषेश सूचनाका आधारमा प्रहरीले लागू औषध सहित ४ जना युवा पक्राउ गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका ६ का २१ वर्षीय शुभम पोख्रेल, २५ वर्षीय रोशन पोखरेल, २२ वर्षीय लाक्पा छेरिङ शेर्पा र फुङ्लिङ नगरपालिका १ का २४ वर्षीय हरिप्रसाद बराल रहेका छन्
लागू औसत बिक्री गरेको भन्ने सूचनाको आधारमा खानतलासीको लागि शुभम र रोशनको घरमा पुग्दा उनीहरू सहित अन्य २ जना शेर्पा र बराल पनि पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले मंगलबार दिउँसो करिब साढे २ बजे नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार उनीहरूको साथबाट लागू औसत ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ७० पिस र स्पासपेन ६० ट्याब्लेट समेत बरामद गरिएको छ । उनीहरूले लागू औषध भान्सा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ताप्लेजुङ जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद लिई हिरासतमा राखेर थप अनुसन्धान जारी राखिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo