ज्ञानु फुरुम्बो चरपे/बेलायत
किरात याक्थुङ चुम्लुङ थामेन्दिङ मा महिला समिति बेलायतको चौथो अधिबेशनबाट नयाँ कायसमिति चयन भएको छन। मन माया नेम्बाङको अध्यक्षतामा ११ जनाको नयाँ कार्य समिति सर्बसहमतिमा चयन गरिएको हो ।
त्यस्तैउपाध्यक्ष, नन्दा शोभा नेम्बाङ, महासचिव,शुभ नेम्बाङ, सचिव धनकुमारी थोक्लिहाङ, कोषध्यक्ष गौरीमाया लिम्बु, सहकोध्यक्ष सरला काम्बाङ, सदस्य सुर्य मादेन,सरिता लिम्बु, रिता फोम्बो लगायत सदस्य समिति रहेका छन । गत २५ मेमा किरात याक्थुङ चुम्लुङ थामेन्दिङ मा समितिको आस्फोर्ड केन्टमा चौथो अधिबेशन गरिएको कार्यत्रम संयोजक नेत्र कला लिम्बूले जानकारी दिनुभयो । चौथो अधिबेशन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्र, शाखा लगायत बिभिन्न समाजिक संघ,संस्थाहरुलाई आमन्त्रण गिएको थियो ।
स्वागत तथा शुभकामना मन्तव्य पश्चात थामेन्दिङ मा चुम्लुङले बिभिन्न क्षेत्रमा गर्दै आएको बार्षिक प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन पेश गिएको थियो यसै गरि किरात याक्थुङ चुम्लुङ केन्द्रिय समितिका लागि यस थामेन्दिङ मा चुम्लुङ महिला समिति तर्फबाट उपाध्यक्षमा सकुन्तला नेम्वाङ र सह सचिवमा सानू सुब्बालाई सर्बसहमतीमा सिफारी गरेको संस्थाका महासचिव सकुन नेम्बाङले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अथिति किरात याक्थुङ चुम्लुङ बेलायतका केन्द्रिय उपाध्यक्ष अमृता पालुङवा विशिष्ठ अतिथि स्थापक अध्यक्ष खडकजंङ आङबुहाङ अतिथिहरुमा पान्थर समाज बेलायतका प्रतिनिधि शान्ति खिम्दिङ सहभागिता जनाउनुभएको थियो । किरात याक्थुङ चुम्लुङ युकेका पुर्ब उपाध्यक्ष कमला सेन्दाङ,लिम्बुवान नागरिक समाज बेलायतका छत्र वनेम,सगरमाथा गोर्खा नेपाली कम्युनिटि आस्फोर्डका महिला अध्यक्ष उमा गुरुङ समेत उपस्थित जनाउनुभएको थियो ।
त्यस्तै किरात याक्थुङ चुम्लुङ बेलायतका पुर्ब अध्यक्ष काजीमान यक्सो,किरात याक्थुङ चुम्लुङ बेलायतका निबर्तमान उपाध्यक्ष गणेश इजम ,किरात याक्थुङ चुम्लुङ युकेका पुर्ब महासचिव सल्लाहकार विजय बिक्रम लिङदेन, किरात याक्थु चुम्लुङ आस्फोर्ड केन्टका पुर्व अध्यक्ष टंक येङदेनले पनि कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । त्यस्तै किरात याक्थु चुम्लुङ आस्फोर्ड केन्टका अध्यक्ष सुदिप थोप्रा र किरात याक्थुङ चुम्लुङ थोरक शाखा लक्ष्मि लिवाङ समेत कार्यक्रमा आउँनुभएको आयोजकले जनाएको छ ।
उता किरात याक्थुङ चुम्लुङका वेल्स शाखा अध्यक्ष सुर्य कुमारी केरुङ,किरात याक्थुङ चुम्लुङ फोक्सटन शाखा अध्यक्ष ज्ञानु लिम्बु, किरात याक्थुङ चुम्लुङ युकेका सहकोषध्यक्ष नर प्रसाल लिम्बू,थामेन्दिङ मा चुम्लुङको पुर्ब संस्थापक लीला सेल्लिङ माबो,बिदेश बिभाग माङगेन्ना चुम्लुङ संस्थापक अध्यक्ष कमला लिम्बू, रुश्मोर शाखा पुर्व उपाध्यक्ष रोमीयन लिङदेन,लेखक पत्रकार कृष्ण कुमार हेम्बया, आदिवासी जनजाती महासंघ बेलायतका महासचिव तथा गोर्खा च्यानलका बिमला सेने लगायत अतिथिहरुको उपस्थितिरहेको थियो ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
