ताप्लेजुङको फुङलिङ नगरपालिकामा प्रहरीद्धारा गाँजाको बगान नष्ट गरिएको छ । प्रतिबन्धित लागूऔषध, गाँजा फैलिएर विस्तार हुदै गए पछि नेपाल प्रहरीद्धारा गाँजाको बगान नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी सहायक निरीक्षक रोहित फागोको नेतृत्वमा खटेको प्रहरीको टोलिले शुक्रबार गाँजा फडानी गरी नष्ट गरेको हो । फुङलिङ नगरपालिका—३ मेदिबुङस्थित पदमलाल भारतीको जग्गामा रहेको गाँजाको बगान फडानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमलकुमार लङ्गेलीले बताउनुभयो । प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार भारतीको अन्दाजी—६ आना जग्गामा रहेको करिब ४० बोट गाँजा फडानी गरि नष्ट गरिएको छ । फाँडिएको गाँजाको बोटलाई आगोमा जलाएर पुर्ण रुपमा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवा पुस्तामा गाँजाको प्रयोगलाई न्युनिकरण गर्नका लागि बगान नष्ट पारिएको हो ।
नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश भएपनि लागू औषधमा पर्ने भएकाले प्रहरीले यसलाई नष्ट गर्ने अभियान नै जारी राखेको छ । गाँजाको सदुपयोग भन्दा धेरै दुरुपयोग गरिएको हुनाले नेपालमा गाँजा खेतीलाई प्रतिबन्ध लगाइएको छ ।…