ताप्लेजुङ ः ताप्लेजुका उद्यमीहरुले नेपाली हाते कागजबाट मनग्य आम्दानी गर्दै आएका छन् । उद्यमीहरुले नेपाली हाते कागज स्वदेश तथा विदेशमा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
ताप्लेजुको फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हाते कागज उद्योग सञ्चालक पासाङ लाग्पा शेर्पाको अहिले कागज बनाउनमा व्यस्त हुनुन्छ । पुर्खोली पेशाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका हुँन । उहाँका बुवाले कागज बनाउने काम गर्नुहुन्थो । शेर्पा कागज उद्योगमा हुर्के उहाँले पनि बुवा आमालाई सघाउँदा सघाउँदै कागज बनाउने सिप सिक्नुभयो । शेर्पाको पुर्खौली भोजपुर जिल्ला हो । शेर्पाले २०४९ सालमा तेह्रथुम जिल्लाको बसन्तपुर क्षेत्रमा कागज सञ्चालन गर्नु भयो । त्यस पछि ताप्लेजुङको याम्फुदीन,खेवाङ क्षेत्रमा समेत कागज उद्योग सञ्चालन गर्नुभयो । २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएउनुभएको छ । अहिले छिरिङको कागज उद्योगमा दश जनाले रोजगारी पाएका छन्
कागज उद्योगबाट वार्षिक खर्च कटाएर १२ लाख रुपैयाँ आम्दानी गर्दै आएको शेर्पाले बताउनुभयो । उद्योगबाट भएको आम्दानीले छोरा छोरी बढाईमा खर्च गर्नुका साथै ताप्लेजुङको समदमुकाममा जग्गा समेत खरिद गरेका छन् । अहिले घर बनाउने तयारीमा रहेको शेर्पाले बताउनुभो ।
शेर्पाको उद्योगका उत्पादन भएको कागज ९० प्रतिशत काठमाडौं हुदै जापना,चीन र जर्मन लगायतका देशहरुमा निर्यात हुदै आएको छ । ताप्लेजुङ जिल्लामा रहेको सरकारी कार्यालय तथा संघसंस्था र अन्य गरि वार्षिक चार लाख रुपैयाँका बराबरको कागज बिक्री हुदै आएको शेर्पाले बताउँनुभयो ।
शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै पाँच वर्ष भइसकेको छ। ‘बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन’, शेर्पाले भने, ‘बरु कागज उत्पादनका लागि सधैं कच्चा पदार्थको अभाव हुने गरेको छ ।’
उद्योगले उत्पादन गरेको कागज काठमाडौंमा बिक्री हुने गरेको उहाँको भनाइ छ । ‘उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गर्दछ’, उउहाँले भन्नुभयो ‘बीस ग्राम कागजको प्रतिपन्ना २० र ४० ग्राम कागजको प्रतिपन्ना ४० मा नै ठूला उद्योगले खरिद गरेर लैजान्छन ्।’ उहाँको उद्योगबाट गर्मी मौसममा दैनिक एक हजार छ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुने बताउनुभयो । ‘जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ’, शेर्पाले भन्नुभयो, ‘गर्मी मौसममा बढीमा तीन घण्टाभित्रमा जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ, तर जाडो मौसममा सुक्न झण्डै पाँच घण्टा जति समय लाग्छ ।’
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता भएका छन् । जसमा आधा जति पनि भन्दा बढी उद्योगहरु बन्द भइसेका छन् । केही उद्योगहरु मात्र निरन्तर सञ्चालनमा रहेको घरेल तथा साना उद्योग कार्यालले जनाएको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
