ताप्लेजुङ म्याराथन प्रतियोगितामा श्रेष्ठ र रोकाय प्रथम
Phaktanglung Darpan
जेठ ७ गते २०८१
12:14 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङमा आयोजना भएको ताप्लेजुङ खुल्ला पुरुष म्याराथ प्रतियोगितामा हेमलाल श्रेष्ठ विजेता हुनु भएको छ । आर्मी क्लबका श्रेष्ठले उक्त प्रतियोगिताको निर्धारीत दुरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पार गर्दै विजेता बन्न सफल हुनुभएको हो । त्यस्तै महिला हाफ म्याराथमा सुनसरी रोकाय विजेता हुनु भएको छ । आर्मी क्लबका सुनसरी रोकायले ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै प्रथम हुनु भएको आयोजकले जनाएको छ । ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ । म्याराथन खुलातर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने दूरी निर्धारण गरिएको छ । खुला म्याराथनका लागि करिव ४७ किलोमिटर दूरी रहेको छ । यस्तै, महिला हाफ म्याराथनतर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म पुगेर फुङ्लिङ बजार नै आइपुग्नुपर्ने छ । महिला हाफ म्याराथनका लागि दूरी करिब ३६ किलोमिटर हुने आयोजकले जनाएको छ । यता खुला म्याराथनमा ११३ जना र महिला हाफ म्याराथनमा ४७ जनाले भाग लिएकोे म्याराथन उपसमिति संयोजक विनोद भारतीले जानकारी दिनुभयो । खुला म्याराथनका विजेताले एक लाख ५१ हजार १११ रूपियाँ, उपविजेताले एकलाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै महिला हाफ तर्फका विजेताले ८१ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।…