भाद्र २६ गते २०८३
10:00: PM
भाद्र २६ गते २०८३
10:00: PM

मेची राजमार्ग र तमोर करिडोरमा गरिएको बन्द फिर्ता

जेठ ५ गते २०८१
8:03 pm
Author Avatar
फक्ताङलुङ दर्पण

पाथीभरा केबलकार परियोजनाविरुद्ध संर्घषरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएको छ । प्रशासन कार्यालय ताप्लेजुङको समन्वयमा दुई पक्ष सहमतीमा संर्घषरत समूहले बन्द फिर्दा लिएको हो ।
मुक्कुमलुङ संयुक्त संघर्ष समिति र पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिले पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नका लागि रुख कटान गरिएको भन्दै गत बुधवार देखि मेची राजमार्ग र तमोर कोरीडोरमा यातायात अनिश्चितकालीन बन्द घोषणा गरेको थियो ।
राजनीति दल,सुरक्षा निकायका प्रमुखहरु र पाथीभरा मुकुमलुङ केवलकार निर्माण खारेजी तथा विरोधी संस्थाका प्रतिनिधि बिच तीन बुँदे सहमती कार्यन्यन गर्ने अनिश्चिकालीनका लागि गरिएको बन्द फिर्दा लिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रसाशनका अनुसार पाथीभरामा केवलकार निर्माण गर्ने केवलकार कम्पनीले आगामी दिनमा थप रुख कटान लगायता अन्य गतिविधिहरुलाई सम्बन्धित सरोकारवाला पक्ष जिल्लाका सम्पूर्ण राजनीतिक दलसंग आपसी छलफल, परामर्श र सहमती नभई केवलकार निर्माण कार्य नगर्न कम्पनीलाई अनुरोध गर्ने सहमती भएको छ । विगतमा भएको सहमतीहरु उल्लंघन भएकाले आगामी दिनमा सहमती भएको निर्णयहरुलाई पालना गर्ने । बन्द फिर्ता लिने र ताप्लेजुङ पर्यटन महोत्सवलाई सफल बनाउँदै जनजीवनलाई सहज बनाउने गरि बन्द फिर्ता लिने समहती भएको जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo