भाद्र २६ गते २०८३
10:00: PM
भाद्र २६ गते २०८३
10:00: PM

मेची राजमार्ग र तमोर कोरिडोर ठप्प

जेठ २ गते २०८१
12:53 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात ठप्प भएको छ । सो समूहले आह्वान गरेको दुई दिने बन्दका कारण बुधवार बिहानैदेखि यातायात सेवा ठप्प भएको हो । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो । यता आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरिएकोभन्दै सङ्घर्षरत समूहले मङ्गलबार नै विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो । बन्दका कारण मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प भएका छन् । यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने स्थानीय यातायात सेवा पनि ठप्प भएको छ । यातायात सेवा ठप्प हुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा जाने यात्रु रोकिएका छन् । त्यस्तै तमोर कोरिडोर हुँदै ताप्लेजुङदेखि पाँचथर, धनकुटा चौबिसे, भेडेटार हुँदै धरान, इटहरीका लागि यात्रा गर्ने यात्रु पनि रोकिएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी कमल कुमार लुङगेलीले बताउनुभयो ।
स्थानीय जनताको माग र भावना विपरीत केबलकार निर्माण गर्ने कार्यअन्तर्गत परियोजनास्थलमा रुख कटान गर्न सुरु गरिएपछि संघर्षरत समूह थप आन्दोलित बनेको हो । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायत विभिन्न छ वटा समूहले संयुक्त विज्ञप्ति प्रकाशित गरी यातायात बन्दको आह्वान गरेका हुन् । ऐतिहासिक पवित्र धार्मिक स्थलमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू डकैत शैलीमा कटान गर्न थालिएकाले आफूहरू आन्दोलनमा उत्रनुपरेको संछघर्षरत पक्षले उल्लेख गरेका छन् । ऐतिहासिक स्थलको वन उजाड बनाउने गरी रुख कटान गर्ने व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केबलकार योजना रद्द गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo