श्रावण १० गते २०८३
09:37: AM
श्रावण १० गते २०८३
09:37: AM

बेलायतमा उभौली खिबेक्वा याक्वा सेवा हुने

जेठ २ गते २०८१
7:38 am
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो लिम्बू चरपे/बेलायत
स्विडण्नमा उभौलि खिबेक्वा याक्वा सेवा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा आप्लुङगेन्न ताङसेप चोमेन सेवा हुने निश्चय भएको छ ।
आउँदो अग्रेंजी पात्रो अनसार २५ मेका दिन हुने खिबेक्वा,याक्वा आप्लुङगेन्न ताङसेप चोमेन सेवामा बेलायतको विभिन्न ठाउँमा बसोबास गर्दै आएका सम्पुर्ण किरात धर्मलवम्बी तथा शुभचिन्तक महानुभावज्युहरुको बाक्लो उपस्थितिमा सेवा हुने संयोजक तथा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष नन्दा चेम्जोङले जानकारी दिनु भएको छ ।
हरेक बर्ष बेलायतमा बस्ने सम्पुर्ण किरात धर्मलवम्बीहरुले मौलिक परम्परा अनुसार खिबेक्वा याक्वा सेवा तथा,आप्लुङगेन्न, ताङसेप चोमेन सेवा साथै विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थ र विश्व मानव जगत कल्याणका लागि बिगत लामो समय देखि यस किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समितिले आयोजना गर्दै आएको कार्यक्रम मध्ये खिक्वा याक्वा सेवा पनि एक महत्पुर्ण भएकोले यस सेवा कार्यक्रममा स्थानी सरकारका प्रतिनिधि लगायत विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुलाई अथितिको रुपमा बोलाएर किरात धर्म दर्शन,संस्कर,सांस्कृतिक र महागुरु फाल्गुनन्दका महाउपदेश,मार्ग दर्शन तथा बर्तमान किरात धर्म गुरुगुरुमाताज्युहरुको मार्ग दिशा र खिबेक्वा याक्वा सेवाको महत्व,बिशेषताको बारेमा बिगतका दिनहरु देखि सुनाउने गरिएकोले यो पालि पनि कार्यक्रमको सधैकै ढाचामा खिबेक्वा,याक्वा,ताङसेप सेवा सञ्चालन हुने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङ भन्नू हुन्छ ।
किरात साम्जिक मुन्धुम, संस्कार विधि अनुरुप हुने सेवा कार्यक्रममा साक्मुरा वदेमा सेवा हुने छ । त्यस्तै पाखामाङ,साम्माङ,च्याङ ताम्भुङ तेला, सावायकोक्मा,सावा येतवरक,हिममाङ,थेबा,युमा माङ,अवामा, सावायेत माङ,साम्माङ,च्याङहरुको सेवाका साथै लाधुङ नाम्धुङ सेवी सेवा जस्ता महत्वपुर्ण सेवा माङसेवा साबाद्वारा किरात साम्जिक मुन्धुम हेना (बाचन) हुने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका सल्लाहकार तथा माङसेवा साबा बिभागीय प्रमुख मंगल सिं लिङदेनले बताए ।
स्विडण्नमा हुन गईरहेको खिबेक्वा,याक्वा आप्लुङगेन्न ताङसेप चोमेन सेवालाई सफलता पुर्बक सम्पन्न गर्न किरात धर्म साहित्य उत्थान सघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष लाल लिङदेन, उपाध्यक्ष नन्दा चेम्जोङ,संस्थाका प्रमुख सल्लाकार राम सिंथेबे, आशा थोप्रा,लगायत स्विडण्न बासी भक्तजनहरुको बिषेश ब्यबस्थापनमा सेवा कार्यक्रम हुने भएको छ । गत बर्ष झै यो पालि पनि साम्दाङगेन्न वरुम साबा,माङसेवा माङसेवासामाहरुको उपस्थितिमा बिहान ६ः०० बजेबाट सेवा कार्यक्रम प्रारम्भ गरि दिउसो ४ बजे सम्म हुने आयोजकले जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo