भाद्र २८ गते २०८३
01:59: PM
भाद्र २८ गते २०८३
01:59: PM

खैरो हेरोइन सहित फुङ्लिङमा दुई युवा पक्राउ

वैशाख ३१ गते २०८१
6:27 pm
Author Avatar
फक्ताङलुङ दर्पण

प्रतिबन्धित लागू औषध खैरो हेरोइन सहित ताप्लेजुङको फुङ्लिङमा दुई युवा पक्राउ परेका छन् । मेची राजमार्ग स्थित मेवाखा चेक पोस्टमा आवत जावत गर्ने सवारी साधन तथा मानिस चेक गर्ने क्रममा उक्त लागू औषध सहित उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पक्राउ पर्नेमा फुङलिङ नगरपालिका—३ निवासी ३१ वर्षीय सुभाष चन्द्र दाहाल र सोही निवासी २५ वर्षीय योगेश भारती पक्राउ परेका हुन । प्रहरी कार्यलय ताप्लेजुङका सूचना अधिकारी कमल कुमार लुङ्गेलीका अनुसार पाँचथरबाट प्र १÷०३÷००१ प ३२६१ नम्बरको स्कुटरमा सवार भई उहाँहरु ताप्लेजुङ तर्फ आईरहेका थिए । शंका लागेर नियन्त्रणमा लिई खानतलास गर्दा योगेश भारतीको साथबाट लुकाई छिपाई बोकेको अवस्थामा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम फेला परेको छ । उक्त लागू औषध जस्तो पदार्थ र स्कुटर बरामद गरी उहाँहरूलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।…
—दिलकुमार लिम्बू

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo