श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

मौलिक हस्तकला संरक्षण गर्न फुङ्लिङमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने

वैशाख ३१ गते २०८१
2:12 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने भएको छ । मौलिक हस्तकलाहरुलाई संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले प्रतियोगिता गर्न लागेको हो ।
आउँदो जेठ ३ देखि ७ गते सम्म सञ्चालन हुने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा सो प्रतियोगिता गर्न लागेको महासंघले जनाएको छ । पछिल्लो पुस्तामा हराउँदै गएको हस्तकला डोको तथा टपरी बुन्ने परम्परा लोप हुदै गए पछि यसको संरक्षण गर्न प्रतियोगिता गर्न लागिए घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले बताउनुभयो । गुरुङका अनुसार प्रतियोगिता महोत्सवको तेस्रो दिन अर्थत जेठ ५ गते औद्योगिक कृषि प्रदर्शनी मेलामा डोको तथा टपरी बुन्ने प्रतियोगिता समेत सञ्चालन आयोजकले जनाएको छ ।
डोको बुन्ने प्रतियोगतामा प्रथमलाई ७ हजार, दोश्रोलाई ५ हजार, तेश्रोलाई १ हजार र सहभागीलाई २ सय रुपैयाँ प्रदान गरिने घरेलु तथा साना उद्योग महासंघ तालेजुङका अध्यक्ष भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार टपरी बुन्नेतर्फ पहिलोलाई ३ हजार, दोश्रोलाई २ हजार, तेश्रोलाई १ हजार र सहभागीलाई २ सय रुपैयाँ उपलब्ध गराईनेछ । कृषिमेला अन्तर्गत कृषि उपकरणहरु प्रदर्शन, जिल्लाभित्र तथा बाहिरका कृषक तथा उद्यमीले उत्पादन गरेको वस्तुहरु समेत ल्याइने भारतीको भनाई छ । उत्कृष्ट कृषक तथा उद्यमीलाई पुरस्कृत गर्ने समेत महासंघको तयारी रहेको बताइएको छ ।
स्थानीय स्तरमै उत्पादित वस्तुहरुको बजारीकरणको प्रमुख उद्देश्यका साथ सुरु गरिएको मेलामा डोको क्यारी रन पनि समेटिएको महासंघ ताप्लेजुङ अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । यस रनका लागि विरेन्द्रचौकबाट सुकेटार स्थित सानोपाथीभरा पुगेर पुन विरेन्द्रचौकसम्म आईपुग्नुपर्ने आयोजकले जनाएको छ । क्यारी रनमा प्रथम हुनेले ३० हजार, दोश्रोले हुनेले २० हजार तेश्रो हुनेले १० हजार प्राप्त गर्नेछन् । चौथोदखि दशऔँ स्थानसम्मका प्रतियोगिलाई नगद १ हजार उपलब्ध गराईने महासंघले जनाएको छ …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo