श्रावण १० गते २०८३
11:03: AM
श्रावण १० गते २०८३
11:03: AM

विज्ञान विषय पढ्ने विद्यार्थीहरुलाई छात्रावृत्ति

वैशाख ३० गते २०८१
9:20 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले विज्ञान विषय लिएर अध्ययन विद्यार्थीहरुलाई छात्रावृत्ति दिदै आएको छ । दक्ष जनशक्ति उत्पादन गर्नका लागि गाउँपालिकाले छात्रावृत्ति प्रदान गर्न थालेको हो ।
गाउँपालिकाले विगत तीन वर्ष देखि विज्ञान विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखा प्रमुख लाप्साङ तामाङले बताउनुभयो । तामाङका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छात्रवृत्तिका लागि समेत आवेदन माग गरेको छ । गाउँपालिका भित्र विज्ञान विषय पठनपाठन हुदैन । विज्ञान विषय पढन गाउँपालिका भन्दा बाहिर गएर अध्ययन गर्नु पर्ने हुन्छ ।
विद्यार्थीले प्राप्त गरेको अंकको आधारमा एक शैशिक सत्रमा २० हजार रुपैयाँ देखि ६० हजार रुपैयाँ सम्म छात्रावृत्ति उपलब्ध गराएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गाउँपालिकाले जनाएको छ । आवेदन प्राप्त भएपछि विद्यार्थीले प्राप्त गरेको अंक अनुसार छात्रावृत्ति प्रदान गर्ने शिक्षा शाखाले जनाएको छ । एक शैक्षिक सत्रमा ५ देखि ८ जना सम्ममा आवेदन आउँने गरेको शिक्षा शाखाले जनाएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo