भाद्र २७ गते २०८३
05:28: AM
भाद्र २७ गते २०८३
05:28: AM

ताप्लेजुङमा खुल्ला म्याराथन प्रतियोगिता हुने

वैशाख २७ गते २०८१
1:08 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा म्याराथन प्रतियोगिता हुने भएको छ । आउँदो जेठ ३ देखि ७ गते सम्म सञ्चालनहुने ताप्लेजुङ महोत्सवको अवसरमा खुल्ला पुरुष र महिला म्याराथन हुने भएको हो ।
‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ महोत्सवमा म्याराथन प्रतियोगिता मेलाको अन्तिम दिन हुने ताप्लेजुङ पर्यटन महोत्सव मूल आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार म्याराथनमा भाग लिने पुरुषले फुङलिङ बजारबाट पाथीभरा(मुकुमलुङ) धाममा पुगेर पूर्न फुङ्लिङ बजार आइपुर्नु पर्नेछ । फुङ्लिङ बजार देखि पाथीभरा पुगेर पुर्न फुङ्लिङ पुग्न करिब ५० किलो मिटर पर्दछ । त्यस्तै
महिला हाप्प म्याराथन अन्र्तगत करिब ४० किलो मिटर काफ्लेपाटी पुगेर पुन फुङलिङ बजार आइपुग्नुपर्ने छ ।
म्याराथनमा पुरुष तर्फ प्रथम हुनेले एक लाख ५१ हजार १११, दोस्रो हुनेलाई एक लाख ११ हजार १११ तेस्रो हुनेलाई ५१ हजार १११ रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला तर्फको विजेता र उपविजेतालाई क्रमश ८१ हजार १११, र ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गने आयोजकले जनाएको छ । त्यस्तै तेस्रो हुनेलाई ३१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
त्यस्तै सहभागी प्रतियोगी मध्ये उत्कृष्ट १०औं स्थान सम्म आइपुग्ने पुरुष तथा महिला दुवैलाई समान पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo