पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको नधिन भएको छ । मंगलबार ८४ वर्षको उमेरमा गुरु । काठमाडौंको हिमाल अस्पताल कमल पोखरीमा उपचारको क्रममा निधन भएको हो । परिवार स्रोत अनुसार गुरु १८ महिनादेखि ओछ्यान परेका उहाँ बाथ र सुगरका बिरामी थिए । नेपाली कांग्रेस ताप्लेजुङका पूर्वसभापति केशवप्रसाद दाहालका अनुसार विक्रम संवत १९९७ सालमा जन्मिएका गुरुङले २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गर्नुभएको थियो । २०३९ सालदेखि ४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको (हालको जिसस) सभापति हुनुभएको थियो । २०४६ सालमा प्रजातान्त्रिक आन्दोलन भइरहँदा उहाँले पञ्च¥याली समेत निकालेका थिए । ४६ सालमा प्रजातन्त्र आएपछि कांग्रेसमै बसेर निरन्तरता दिनुभयो । २०१५ सालको नेपालको पहिलो आम निर्वाचनमा कांग्रेस प्रचारप्रसार विभागको जिम्मेवारी लिएका लिनुभएको थियो । त्यो बेला कांग्रेसका उम्मेदवार कुलमान इजमले चुनाव जित्नुभएको थियो । ४६ सालको प्रजातन्त्र प्राप्ति पछि आफू कांग्रेस कार्यकर्ता भएको भन्दै सांसदको दाबी गरे पनि टिक पाएनन् । उहाँले पञ्च¥याली गरेको भन्दै आलोचना भएको थियो । पार्टीले टिकट नदिएपछि भाले चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । २०५६ सालमा गुरुङलाई निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनायो । एमालेका तिलकुमार मेन्याङवोसँग पराजित भए । २०६४ सालको निर्वाचनमा भने माओवादीका राम कार्कीलाई पराजित गरेर प्रतिनिधिसभाको सदस्य बने । २०७० सालमा कांग्रेसको समानुपातिकबाट सांसद भएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकासमन्त्री बन्नुभयो । २०५७ देखि ६७ सालसम्म १० वर्ष कांग्रेस ताप्लेजुङको पार्टी सभापति हुनुभएको थियो ।