श्रावण १० गते २०८३
09:37: AM
श्रावण १० गते २०८३
09:37: AM

महागुरु फाल्गुनन्द के छ सात बुँदे ‘सत्य धर्म मुचुल्का’मा ?

वैशाख २४ गते २०८१
12:10 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सरोज कङलिङ/ताप्लेजुङ
महागुरु फाल्गुनन्द लिङ्देन समाज सुधारकको रूपमा परिचित छन् । लिङ्देन नेपालको पछिल्लो राष्ट्रिय विभूति समेत हुन् । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ
फाल्गुनन्दको जन्मजयन्ती विशेषतः किरात (लिम्बु)हरूले मनाउँदै आएका छन् । किरांतीहरुका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पांचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।
फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलामइलामको इभा–५ चुक्चिनाम्बा भन्ने स्थानमा जन्मिएका हुन् । समाज सुधारको अभियानका क्रममा फाल्गुनन्द १९७८ सालमा लब्रेकुटी पुगेका थिए । फाल्गुनन्दले (१९८८) बैसाख २४ गते पाँचथरको चोकमागुस्थित लब्रेकुटीमा तत्कालीन दश जना लिम्बुवानका प्रतिनिधि बोलाएर विकृति, विसंगति हटाउँदै समाज सुधार गर्न ७ बुँदे सत्य धर्म मुचुल्का गराएका थिए । जसलाई किरात समाज सुधारको पहिलो खुड्किलो मानिन्छ ।
‘सत्य धर्म मुचुल्का’का सान्दर्भिकता
नौ हात लामो काँचो कागजमा लेखिएको सात बुँदे सत्य धर्म मुचुल्कालाई पदमसुन्दर लावतीका बाजे सुब्बा शेरबहादुर लावतीले लेखेका थिए ।
किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिका परिचित छ । फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतीकोे नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनुपर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए ।नेपाल सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मान स्वरुप रु १५ को हुलाक टिकट प्रकाशनसमेत गरेको थियो । आफ्नो गाँउ, ठाँउ, समुदाय तथा विशेष गरी किराँती लिम्बु समुदायमा सामाजिक बिसंगति, बिकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ वैशाख २४ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’का समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको लेब्रेकुटीमा हामि आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको भन्दै विभिन्न सकारत्कम सन्देश प्रावह सुरु गरेका थिए ।
किरातीहरूलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्ने महागुरू फाल्गुनन्दले विसं १९८८ साल वैशाख २४गते दश लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरूई पाँचथरको लेबे्रकुटीमा भेला गराएर ७ बुँदे ‘सत्य धर्म मुचुल्का’ मा सहीछाप गर्न लगाएका थिए । त्यहि ‘सत्य हाङ्मा धर्म मुचुल्का’लाई फाल्गुनन्दको मुख्य सन्देशका रूपमा लिइन्छ ।
सत्यधर्म मुचुल्कामा लिम्बू समाजलाई डोर्याउने सात बुँदामा अनुशासनका मार्गहरु सात बुँदे सत्य धर्म मुचुल्का’ निम्न छन् ः
१.छोरी–चेलीको सोतरीत नखानु, नलिनू ।
२. शुद्धाई (बर्खान्त) मा बली नदिनू ।
३. परिवारका सदस्यको मृत्यु हुँदा ९ दिन बारन गरी १० दिनमा शुद्ध हुनू ।
४. सुत्केरी २२ दिनपछि चोख्याउनू ।
५. सुँगुर, कुखुरा नखानू ।
६. इष्टमित्र, कुल–कुटुम्ब आउँदा, भेटघाट हुँदा जाँड, रक्सी लगायत (मदमांस) प्रयोग नगर्नू ।
७. बर्खान्त गर्दा फलफूल, नैवद्य र अदुवा चढाउनु ।

जाँड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिक रूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरि पछि परेको भन्दै उनले यी सबै बिंसगती, बिकृती र कुरितीहरूबाट मुक्त हुनुपर्ने अभियान चलाएका थिए । आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुनु हुदैन भन्ने सन्देश दिँदै मौलिक्ताको पहिचान गराउन सुरुवात गरेका थिए ।
फाल्गुनन्दले किरात साम्जिक मुन्धुम शास्त्रको प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलिपूजाको अत्यगरी शुद्ध फलफुलबाट सेवा आरधनाको प्रारम्भ, हराउन लागेको धर्म, संस्कृतिको पुनरउत्थान जस्ता कार्यहरु गरेका थिए । उनको तपोभुमि तथा समाधीस्थल रहेको पांचथरको लाब्रेकुटी तथा सिलैटी सहित देशभर जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।
सरकारले २०६६ मंसिर १६ गते लिङ्देनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । किरात धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन सुरुआत गरेका थिए समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनको २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएको हो ।
२० औं शताब्दीको निरङकुश एकात्मक राणा शासनकालमा लोपोन्मुख अवस्थामा छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गरिदिनु हुने महागुरु फाल्गुनन्दले तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि. स १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्य, सुब्बा, सुभाङगी, तुतु तुम्याहाङहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएको ऐतिहासिक दिन ९४ औं समाज सुधार दिवसको पावन अवसरमा सबै पाठकजनलाई हार्दिक शुभकामना ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo