लालीगुराँस सेवा समाज संस्थाद्धारा चार विद्यार्थीलाई छात्रवृत्रि उपलब्ध गराउँदै
Phaktanglung Darpan
वैशाख १७ गते २०८१
8:22 pm
फक्ताङलुङ दर्पण
लालीगुराँस सेवा समाज संस्था ताप्लेजुङले आर्थिकरुपले विपन्न् चार विद्यार्थीहरुलाई छात्रवृत्रि उपलब्ध गराउँने भएको छ । आर्थिक कमजोरीका कारणले विचमै पढाई छोढ्न नपरोस भनेर विद्यार्थीहरुलाई प्रोत्साहन गर्न संस्थाले छात्रवृत्रि दिन थालेको हो ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका—२ खेजेनिम गाउँमा अवस्थित मेजेनिम माध्यमिक विद्यालयमा अन्ययनरत चार विद्यार्थीहरु छात्रवृत्रि उपलब्ध गराउँने गरि लालीगुराँस सेवा समाज संस्था र विद्यालय बिच सम्झौंता भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार पताङवाले बताउनुभयो । पताङवाका अनुसार कक्षा ५ भन्दा मुनिका आर्थिक कमजोर दुई पुरुष र दुई महिला गरी चार विद्यार्थीहरुलाई वार्षिक तीन हजार रुपैयाँका दरले कक्षा दश सम्म प्रदान गर्ने सम्झौंता भएको हो ।
छात्रवृति उपलब्ध गराएको विद्यार्थीले कक्षा छोडेर गएमा विद्यालयको सिफारिसमा अर्को विद्यार्थीलाई छात्रवृति उपलब्ध गराईने छ । दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई स—साना शैक्षिक सामग्रीहरु खरिद गर्न समेत आर्थिक अभावले विद्यार्थीहरुको मानसिक प्रभाव पार्नुका साथै विद्यालय समेत छोड्नु पर्ने बाध्यता रहेकोले विद्यार्थीहरुलाई सकारात्मक प्रोत्साह गर्नुका साथै पढाईलाई निरन्तरता दिनका लागि ठुलो ठेवा पुग्ने अध्यक्ष पताङवाले पताउँनुभयो । संस्थाले चालु आर्थिक वर्षका लागि छात्रवृत्रि प्रदान गर्नका लागि आवश्यक रकम समेत विद्यालयलाई उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
लालीगुराँस सेवा संस्थाले दुई लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री, स्टेशनरी र ट्रयाक सुट समेत उपलब्ध गराएको छ विद्यालयले जनाएको छ । विद्यालयका अनुसार कक्षा–५ सम्मका ९० जना विद्यार्थीहरुलाइ ट्रयाक सुट, कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाइ ८६० थान कपी र कलम वितरण गरिएको छ ।
विद्यार्थीहरुलाइ १०७ जोडी चप्पल, २ थान फुटबल र १ थान भलिबल समेत हस्तान्तरण गरेको छ । २०८० सालमा फक्ताङ्लुङ गाउँपलिका–६ लेलेपमा स्थापना भएको यस संस्थाको विभिन्न समाज सेवा क्षेत्रमा काम गर्दै आएको लालीगुराँस सेवा समाजका सल्लाहकार तेन्जिङ वालुङले बताउनुभयो ।