असार ३१ गते २०८३
07:35: PM
असार ३१ गते २०८३
07:35: PM

आगलागीबाट ताप्लेजुङमा साढे १३ लाख क्षति

वैशाख १० गते २०८१
6:57 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा आगलागीबाट साढे १३ लाख क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।
जिल्लाको मिक्वाखोला गाउँपापालिका—५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी कमल कुमार लुङगेलीले बताउनुभयो । प्रहरीका अनुसार ढुङ्गा माटो र टिनलेको छानो भएको दुई तले घर आगलागीबाट पूर्ण नष्ट भएको हो । आइताबार साँझ भान्सा कोठामा ओगो बाल्ने क्रममा अचानक आगलागी हुदाँ घर र भर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाडा वर्तन, काठपात र नगद २० हजार रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ
ताप्केगोला प्रहरी चौंकीबाट खटिगएको प्रहरी टोली र स्थानीयल आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo