श्रावण १० गते २०८३
11:44: AM
श्रावण १० गते २०८३
11:44: AM

टिकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा दुई व्यत्ति र एक संस्था पुरस्कृत

वैशाख ९ गते २०८१
5:47 pm
Author Avatar
फक्ताङलुङ दर्पण

टिकाराम गौतम स्मृति प्रतिष्ठान ताप्लेजुङद्धारा दुई व्यत्ति र एक संस्था पुरस्कृत गरिएको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज एक कार्याक्रम गर्दै एक संञ्चारकर्मी,समाज सेवा र एक संस्थालाई सम्मान तथा पुरस्कृत गरिएका हुन् ।
स्व. गौतमको जन्मजयन्तिको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सञ्चारकर्मी मनु माबोलाई दश हजार १०५ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको छ । हरेक वर्ष एक जना सञ्चारकर्मी, सामाजिक व्यक्तित्व र नेपाल रेडक्रस सोसाईटीका उत्कृष्ट उपशाखालाई नगद सहित सम्मान गर्दै आईरहेको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिनुभयो ।
यस्तै सञ्चारकर्मीसँगै समाजसेवी व्यक्ति आठराई त्रिवणी गाउँपालिकाका हर्क यक्सो समेत सम्मान गरेको छ । लामो समय सम्म शिक्षण तथा सामाजिक सेवामा आवद्ध हुनु भएका यक्सोलाई दश हजार १०५ रुपैयाँ सहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै मैवाखोला गाउँपालिका—३ स्थित साँघु उपशाखा पुरस्कृत भएको छ । पुरस्कृत उपशाखाको तर्फबाट साँघु उपशाखाका सभापति मधुकला चोङवाङले १५ हजार १०५ रुपैयाँ राशीको पुरस्कार ग्रहण गर्नु भएको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको परार्मशमा पुरस्कृत हुने उपशाखाको छनौट गर्ने गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको सभापतिको जिम्मेवारी समेत सम्हाल्नु भएको गौतमको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उहाँको निधन पछि सामाजिक क्षेत्रको स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले २०६८ सालमा टीकाराम गौतम स्मृति प्रतिष्ठान स्थापना गरी सोहि प्रतिष्ठानमार्फत उत्कृष्ट उपशाखालाई र २ जना व्यक्तिलाई सम्मान गर्दै आईरहेको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo