पूर्व प्रधानमन्त्री केपी ओली आज ओलाङचुङगोला आउँने भएको छ । अध्यक्ष ओलीसहित रक्षा मन्त्री हरि उप्रेती,भौतिक योजना मन्त्री रघुविर महासेठ र पार्टी सचिव योगेश भटराई ओलाङचुङगोला आउँने भएको हो । ओलाङचुङगोलामा पहिलो पटक आज नै गाडी पुग्नेछ । त्यही भएर गाडी पुगेको खूसीयालीमा स्थानीयसंग खूसी साटासाट समेत गर्न ओलाङचुङगोला आउँनु हुने फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलाका वडा अध्यक्ष छेतेन लामाले बताउनुभयो । लामाका अनुसार गाडी चढ्ने गोलाबासीको सपना बल्ल पुरा भएको छ । ओलाङचुङगोला बस्बिको अवलोकन, ५०० वर्ष पुरानो दिकी छोयोलिङ गुम्बाको अवलोकन गर्ने योजना रहेको लामाले बताउनुभयो । ओली चढेको हेलिकप्टर बस्तीदेखि २ सय मिटर परको टारमा अवतरण हुनेछ । त्यहाँदेखि बस्तीसम्म गाडीमा चढाएर ओलाङचुङगोला बस्तिमा पुग्ने कार्यक्रम हरहेको छ । विहान साढे साढे ९ बजे गोला आइपुग्ने र दुई घण्टा कार्यक्रम गरेर गोलामै खाना खाएर सदरमुकाम फर्कने तालिका छ । मोरङको रानी भन्सारदेखि धनकुटा मुलघाट हुँदै ओलाङुचुङगोला–टिप्तला भन्ज्याङसम्मको दुरी ३४० किलोमिटर रहेको तमोर कोरिडोर सडकलाई राष्ट्रिय गौरवको आयोजना राख्न आग्रह गर्ने र दिकी छोयालिङ गुम्बा संरक्षण गर्न बजेट समेग माग गर्ने स्थानीयको भनाइरहेको छ । …..