श्रावण १० गते २०८३
07:43: AM
श्रावण १० गते २०८३
07:43: AM

ताप्लेजुङमा पर्यटन महोत्सव हुने

चैत्र २८ गते २०८०
8:17 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पर्यटन महोत्सव हुने भएको छ । आउँदो जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङ पर्यटन महोत्सव मनाउने तयारी सुरु गरिएको हो ।
जिल्ला समन्वय समितिको समन्वयमा पर्यटन महोत्यको तयारी थालिएको हो । मंगलबार जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाको प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको जिल्ला समन्वय समितिले जनाएको छ । महोत्सव तोक्मे डाँडा स्थित नेपाली सेनाको ब्यारेकमा गर्ने तयारी थालिएको छ ।
महोत्सवमा पर्यटकीय स्थलको अवलोकन, खाद्य महोत्सव तथा होमस्टे प्रवद्र्धन र मेयर कप भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।
यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँर्की तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको बुन्ने र टपरी बुन्ने सहितको तेश्रो औद्योगिक कृषि मेला समेत ताप्लेजुङ पर्यटन महोत्सवकै समयमा आयोजना गर्ने बैठकबाट निर्णय गरेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo