श्रावण ९ गते २०८३
08:29: PM
श्रावण ९ गते २०८३
08:29: PM

सगरमाथा गोर्खा नेपाली कम्युनिटीद्वारा आर्थिक सहयोग हस्तातरण

चैत्र १६ गते २०८०
10:03 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो चरपे÷युके
सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टद्वारा मृतक सेनेहाङको नाममा संकलित सहयोग रकम २८ मार्चका दिन मृतकका श्रीमती धनमाया लिम्बूलाई कम्युनिटीको बैठक भेलाद्वारा हस्तातरण गरेका छन् ।


सगरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टले संकलन गरेको सहयोग रकम र सामाजिक अभियन्ता पदम आङबुहाङ लिम्बू साथै अनिता साम्यु वनेम र होम राज राई अन्य सामाजिक अभियन्ताहरुद्वारा संकलित सहयोग रकम एक मुष्ठ रकम कम्युनिटीको कार्यालयमा मुतकको श्रीमतीलाई हस्तातरण गरिएको हो । अन्य समाजिक संघ सस्थाले पनि सकलन गरिरहेका छन । पिडितको समस्या देखेर सहयोगका लागि विभिन्न संघ सस्था र समाजीक अभियान्ताहरुलाई सागरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोड केन्टले संकलन गर्न र सहयोगका लागि अनुरोध गरेका थिए ।
“यस्ता दुखद घटनाहरु हुन्दा आफ्नै जातीय संघ,स्थाहरुले नै हेर्ने गर्थे कसरी , ब्यावस्थापन गर्ने भने कुराहरु तर यो दुखद घटान चाहिँ सगरमाथा गोर्खा नेपाली कम्युनिटी केन्टको काधमा पनि आईलाग्यो हामीले मानवताको हैसियतले पनि साथ दिनु पर्ने अवस्था आएकोले यथासक्दो प्रयास गरेर साथ सहयोग गरेका छौ ।” कम्युनिटीका अध्यक्ष डम्बर सिगकले भन्नुभयो “यो भन्दा अगाडि यस्ता काम गरेका थिएन बरु अरु धेरै कामहरु यो कम्युनिटीले गरिकेको छ अझ गर्दै आईरहेको छ यो खालको कामको लागि जिम्मेवरी आईपरेको पहिलो पल्ट हो ।” मृतक सेनेहाङ बृटिश आर्मिमा ५ बर्ष काम गरेर अवकास भई जन्मभुमि ताप्लेजुङ जिल्ला पाथीभरा याङवरक गाउपालिका चाक्सिबोटे आफ्नै गाउँमा बस्दै आउनु भएका चन्द्रध्वज सेनेहाङ आफ्ना श्रीमती सहित बेलायत आईपुगेको एक हप्तामै उपचारको क्रममा अस्पतालमा निधन भएको थियो सेनेहाङ ९० बर्षको उमेरमा निधन भएको हो ।
छोरा छोरी नेपालमा रहेको आफ्नतहरु धेरै टाढा रहेको र आर्थिक अबस्था नाजुक भएको हुदाँ लासलाई दाहस्कार गर्न सहयोग संकलन गरिको हो संकलन भएको सहयोग रकमले सेनेहाङको डेडबोडी सदगत गर्ने काममा खर्च गरिने छ । मृतक सेनेहाङको डेडबोडिलाई १५ अप्रेल २०२४ मा
अन्तेष्टि गर्ने परिवार स्रोतले जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo