कार्तिक १२ गते २०८३
12:29: AM
कार्तिक १२ गते २०८३
12:29: AM

फूलबारीमा डढेलोले दुई घर जल्यो

चैत्र ५ गते २०८०
8:12 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक वनमा लागेको डढेलोले सोमबार दुई वटा जलेर नष्ट भएको छ । सामुदायिक वनमा लागेको डढेलोले दुई घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फूलबारीस्थित नाबु काबेली सामुदायिक वनमा लागेको डढेलोले वन नजिक रहेको फुयाँल र घिमिरेको घर जलेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार ढुङ्गा र माटोले बनेको फुयाँल र घिमिरेको दुईतले घर सोमबार हो । डढेलाका कारण आगलागी हुँदा घरमा रहेको खाद्यान्न, भाँडावर्तत, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फुयाँलको घरसँगै रहेको खाद्यान्न मिलसमेत जलेर नष्ट भएको छ । सो आगलागीबाट फुयाँलको करिब १० लाख र घिमिरेको चार लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । …

फाइल तस्बिर

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo