श्रावण १० गते २०८३
07:45: AM
श्रावण १० गते २०८३
07:45: AM

पाथीभरा याङवरकमा ब्याडमिन्टन प्रतियोगिता छ समूह बने च्यान्पियन

चैत्र १ गते २०८०
7:54 am
Author Avatar
फक्ताङलुङ दर्पण

पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका केन्द्र थेचम्बुमा बुधबार साँझ प्रतियोगिता सम्पन्न् भएको हो । गत आइतबार देखि बुधबार गरी चार दिन भएको प्रतियोगितामा कोशी प्रदेशका विभन्न जिल्लाका खेलाडीहरु उत्साहाका साथ प्रगियोगितामा सहभागि भएको आयोजक पाथीभारा याङवरक गाउँपालिकाले जनाएको छ ।
मिक्स डबल तर्फको विधामा फुङ्लिङ नगरपालिकाका पे्रम मावो र भावना देवी केदेमले उपाधि जितेका छन् । उहाँहरुले पाथीभरा याङवरकका लासाङ तामाङ र शिव कुमार काम्वाङको समुहलाई पछि पार्दै विजेता बजेको हो । उक्त विधामा विजेता तथा उपविजेताले क्रमस ः ट्रफि मेडल र प्रमाणपत्रसहित नगद रु १५ हजार र १० हजार प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अनुसार मेन्स डवल ४५ बर्ष माथिको विधामा गणेश बहादुर राई र दिपक आङ्देम्वे पाँचथरको टोलिले जित हासिल गरेको छ । ताप्लेजुङका सन्तोष चोङवाङ र गजेन्द्र थलङको टिमलाई फाईनल खेलमा पराजित गर्दै उहाँहरुले उपाधि कब्जा गरेका गर्नुभएको हो । उक्त खेलका विजेता र उपविजेताले क्रमसः ्ट्रफि, मेडल र प्रमाणसहित नगद २० हजार र १५ हजार प्राप्त गर्नुभएको छ ।
मेन्स डवल स्थानीय तह तर्फको उपाधि अजय ईजम र लक्ष्य लिम्बू विजेता बन्नुभएको छ । । फाईनलमा रितेश वि. क र दिप्शन लिम्बूको टिमलाई पराजित गरेका उहाँहरुले ट्रफि मेडल र प्रमाणसहित नगद ५ हजार प्राप्त गर्नुभएको छ । उपविजेता टोलीले ट्र«फि मेडल र प्रमाणपत्रसहित ३ हजार रुपैयामा चित्त बुझायो ।
मेन्स डवल जुनीयर बी तर्फको खेलमा भने फुङ्लिङका सोजित श्रेष्ठ र किशोर राईको टिमले मेरिङ्देन गाउँपालिकाका विकास तामाङ र देउ प्रसाद लिम्बुको टिम विरुद्ध जित निकाल्न सफल हुनुभयो ।
जितसँगै उक्त टोलिले ट्रफि, मेडल र प्रमाणपत्रसहित १५ हजार रुपैयाँ पाउँदा दोस्रो हुने टिमले ट्रफि ,मेडल र प्रमाणपत्रसहित १० हजार रुपैयाँ प्राप्त गरेको छ । सरकारी कर्मचारी डबल तर्फको विधामा पाथीभरा याङवरक गाउँपालिकाका शिव कुमार काम्वाङ र केशव पौड्यालको टिमले मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङको टिमलाई हराउदै च्यान्पियन बन्न सफल भएको थियो ।
उक्त विधाको प्रतिस्पर्धामा प्रथम र दोस्रोले क्रमस ः ट्र«फि मेडल र प्रमाणपत्रसहित हजार र १५ हजार रुपैयाँ प्राप्त गरे आयोजकले जनाएको छ ।
मेन्स डबल सिनियर तर्फको उपाधि भने तेह्रथुमका नवीन सिलवाल र विवेक कन्दंवाको जोडीले हात पारेको छ । पाचथरका दिपक आङ्देम्वे र दिवस संखरको जोडीलाई हराउदै उपाधि जितेको हो । उक्त विधा तर्फ प्रथम र दोस्रो हुनेले क्रमस ः ट्र«फि मेडल र प्रमाणपत्रसहित नगद रु ३० हजार र २० हजार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।…
—दिलकुमार लिम्बू
पाथीभरा याङवरक खुल्ला प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्नभएसंगै विजेताहरुको सामुहिक तस्बिर । तस्बिरः दिलकुमार लिम्बू÷रासस

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo