श्रावण १० गते २०८३
08:09: AM
श्रावण १० गते २०८३
08:09: AM

एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तनहरुले पूजापाठ गरे

चैत्र १ गते २०८०
6:11 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा(मुकुमलुङ)मा एक महिनामा करिब १८ हजार भक्तजनले पूजा पाठ गरेका छन् । फागुन १ देखि मसान्त सम्ममा पाथीभरामा पुगेर भक्तजनहरुले पूजापाठ गरेको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसर फागुन महिनामा आन्तरिक तथा बाह्य गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा पुगेर पूजापाठ गरेको छ । पाथीभरा क्षेत्र विकास समितिको तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका थियो । फागुन समेत गरि एक लाख १६ हजार २१२ जना भक्तजनहरुले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्ले पाटी सम्म यातायातको साधन सहज पुग्ने गर्दछ । काफ्ले पाटी देखि पाँच किलो मिटर पदर्मागको प्रयोग गरेर पाथीभरा पुग्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देश प्रजिन हाङबाङबा अनुसार फागुन १ गतेदेखि मसान्तसम्ममा ५५ लाख ७० हजार ८८० रुपैयाँ संकलन भएको हो । संकलन भएको नगद समितिको नाम रहेको विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको क्षेत्र विकास समितिका कार्यकारी प्रजिन हाङबाङले जानकारी दिनुभयो । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo