असार ३१ गते २०८३
07:09: PM
असार ३१ गते २०८३
07:09: PM

फक्ताङ्लुङ निशुल्क बृहत स्वास्थ्य शिविरः पहिलो दिन ५०८ जनाले सेवा लिएर

फागुन ३० गते २०८०
9:04 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाका केन्द्र रहेको तापेथोकमा मंगलबारदेखि विशेषज्ञ चिकित्सकको सहभागितामा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको हो ।
निःशुल्क स्वास्थ्य शिविरको मंगलबार १२ जनाको आँखाको सल्यक्रिया, एक जनाको कानको सल्यक्रिया, एक जनाको जनरल सर्जरी सहित जम्मा ५०८ जनाले सेवा प्राप्त गर्नु भएको गाउँपालिकाले जनाएको छ । शिविर संचालन आज र भोलि सम्म निशुल्क सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । एक एक पाइला नामक संस्था र गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी बताउनुभयो । शिविरमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा जेनेरल मेडिसिन, छाला रोगसम्बन्धी सेवा, नाक, कान, घाँटी, दाँत रोग, स्त्री तथा प्रसूति, कलेजो, हाडजोर्नी, बाल रोगसम्बन्धी लगायतका उपचार सेवा प्रवाह गरिँदै आएको छ । यसैगरी प्याथालोजी, रेडियोलोजी, इन्डोसकोपी, सामान्य शल्यक्रियाजस्ता सेवाहरु प्रवाह गर्नेगरी शिविर सुरु भएको गाउँपालिकाले जनाएको छ ।
..

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo