असार ३१ गते २०८३
04:47: PM
असार ३१ गते २०८३
04:47: PM

दोभान—सान्थाक्रा सडक कालोपत्रे हुने

फागुन १६ गते २०८०
12:33 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको दोभान देखि सान्थाक्रा सम्म सडक कालोपत्रे हुनेभएको छ ।
दोभान देखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्रे हुने भएको हो । मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलो मिटिर सडक कालोपत्रे गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्रे योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी÷पोमु÷कञ्चनजङ्घा जेभी निर्माण कम्पनीसँग योजनाको सम्झौता भएको छ ।
चालू आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबिच तीन करोड ३७ लाख रुपियाँको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ । चालू आवको बजेटले सडक नाली र ग्राभेल लगायतको काम गरिने छ । आगामी आर्थिक वर्षभित्र सडक कालोपत्रे गरिसक्ने गाउँपालिकाको योजना रहेको पनि हाङ्गामले बताउनुभयो ।
दोभान–सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको पालीकाले जनाएको छ । गाउँपालिकाको बजेट पर्याप्त नहुने हुँदा प्रदेश तथा संघीय सरकारसँग पनि आवश्यक बजेटका लागि निरन्तर पहल र समन्वय गरिरहेको उहाँले बताउनुभयो । स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा संघीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको उहाँको भनाइ छ । मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थलका रूपमा रहेको दोभान बजारदेखि सान्थाक्रासम्म सडक कालोपत्रे भएमा सो क्षेत्रका बासिन्दालाई सुविधा हुने छ । मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङ लगायतका वडाहरूमा जानलाई पनि सोही सडक प्रयोग गरिन्छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo