श्रावण ९ गते २०८३
12:01: PM
श्रावण ९ गते २०८३
12:01: PM

अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बन्यो आठराई त्रिवेणी पहिलो

फागुन ५ गते २०८०
6:15 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा सम्पन अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आठराइ त्रिवेणी गाउँपालिका पहिलो बनेको छ । जम्मा ६६ स्वर्णमध्ये ३५ स्वर्ण, १८ रजत र कास्य सहित ५८ पदक हात पार्दै पहिलो बन्न सफल भए हो ।
जिल्लामा स्थित एक नगरपालिका सहित नौ स्थानीय तह मध्ये आठराई त्रिवेणीले ३५ स्वर्ण जितेको आठराईले १८ रजत र कास्य सहित ५८ पदक हात पादै पहिलो बनेको छ । त्यस्तै दोस्रो फुङलिङ नगरपालिकाले २१ स्वर्ण,८ रजत र २ कास्य सहित ३१ प्दक हात पार्दै दोस्रो बनेको छ । ३ स्वर्ण,४ रजत र ५ कास्य सहित मैवाखोला गाउँपालिका १२ पदक सहित तेस्रो बनेको छ । ३ स्वर्ण,२ रजत र ३ कास्य सहित ८ पदकका साथ पाथीभरा याङवरक गाउँपालिका चौथो भएको छ । २ स्वर्ण,७ रजत र ३ कास्य गरी कूल १२ पदकका मैवाखोला गाउँपालिका पाँचौं भएको छ भने १ स्वर्ण,२ रजत र ६ कास्य सहित ९ पदकका साथ सिदिङ्वा गाउँपालिका छैटौं भएको छ ।
१ स्वर्ण,१ रजत र ४ कास्य गरी कूल ६ पदकका साथ मेरिङदेन गाउँपालिका सातौं भयो । फक्ताङ्लुङ र सिरिजङ्गा गाउँपालिका स्वर्णविहिन बनेको ओयोजक आठराईत्रिवेणी गाउँपालिकाले जनाएको छ । सिरिजंगा गाउँपालिकाले ४ रजत र ३ कास्य सहित ७ पदकका साथ आठौं स्थान बनाउँदा फक्ताङलुङ गाउँपालिका १ रजत र ३ कास्य सहित ४ पदकका साथ नवौं स्थानमा चित्त बुझाउनु परेको आयोजकले जनाएको छ
कूल ६६ स्वर्ण,६६ रजत र ७० कास्य पदक गरी १७० पदकका लागि जिल्लाको स्थिानीय तहका लेखाडीहरुको प्रतियोगिता भएको थियो । आगामी बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकामा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र(गणेश)मावोले जानकारी दिनुभयो ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo