वैशाख २ गते २०८३
11:53: AM
वैशाख २ गते २०८३
11:53: AM

भानुजन माध्यमिक विद्यालयले आज ७५ औँ वार्षिक उत्सव मनाउँदै

फागुन २ गते २०८०
7:11 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा रहेका नमुना विद्यालयले वार्षिक उत्सव आज देखि सुरु हुने भएको छ । स्थापनाएको ७५ वर्ष भएको अवसरमा तीन दिन सम्म विभिन्न कार्यक्रका साथ मनाउने थालेको हो ।
भानु जन माविले स्थापनाको ७५ औं वार्षिक उत्सव बुधबार देखि शुक्रबार सम्म मनाउन लागेको प्रधानाध्यापक किशोर कुमार राईले बताउनुभयो । प्रधानाध्यापक राईले वार्षिक उत्सव कार्यक्रममा भानु विद्यालयका पूर्व प्रधानाध्यापक,वद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, विधार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिने तथा विद्यालयसँग सम्बन्धित रहेका व्यक्तिहरूको लेखहरू समावेश गरिएको स्मारिका विमोचन गरिने तयारी रहेको छ ।
प्रधानाध्यापक राईका अनुसार फाल्गुण आज उद्घाटन सहित फुङलिङ नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता हुने छ । विहिबार भलिबल सहित फुङलिङ नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुनेछ । शुक्रबार भलिबलको फाइनल सहित पुरस्कार तथा सम्मान सहित कार्यक्रम सकिने विद्यालयले जनाएको छ । कार्यक्रम समय अबधिभर सांस्कृतिक कार्यक्रम समेत गरिने प्रधानध्यापक राईले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा ३०१ सदस्यीय मूल आयोजक समिति र ११ सदस्यीय कार्यकारी समिति निर्माण गरेको छ । कार्यक्रमको लागत २० लाख अुनमान गरिएको प्रधानाध्यापक राईले जानकारी दिनुभएको छ ।
नुमना माध्यमिक विद्यालय रुपमा अघि बढि रहेको विद्यालय अझ राम्रो बनाउन सहयोग गर्न समेत आह्वान गरेको छ । छात्रावास, आधुनिक विज्ञान प्रयोगशाला, सुविधायुक्त पुस्तकालय, उपयुक्त क्यान्टिन, म्युजियम, खानेपानी तथा शौचालय, स्वास्थ्य भवन र शिक्षक भवन गरि आठवटा क्षेत्रमा आफूलाई इच्छा लागेको क्षेत्रमा सहयोग गर्न समेत विद्यालयले आह्वान गरेको छ ।
२००६ सालमा स्थापना भएको विधालयले हाल अंग्रेजी तथा नेपाली दुवै माध्यमहरुबाट पठनपाठन गरि रहको छ भने विद्यालयमा संगीतको कक्षा पनि सञ्चालनमा रहेको छ । प्राविधिक धारका सिभिल इन्जिनियरिङ सहित साईन्स एवं विभिन्न विषयहरूको अध्ययन पनि गर्न सकिने भएकाले हाल विधार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ । विद्यालयमा हाल बाल कक्षा देखि कक्षा १२ सम्म दुई हजार बढि विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo