श्रावण १० गते २०८३
09:45: AM
श्रावण १० गते २०८३
09:45: AM

फक्ताङ्लुङ गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सर्वजानिक विदा

माघ २९ गते २०८०
6:30 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जनयुद्ध दिवस मनाउन मंगलबार सार्वजनिक बिदा दिएको छ । फक्ताङ्लुङ गाउँपालिकाले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको विदा दिएका होे ।
गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, संघ संस्थाका कार्यालयहरुलाई बिदा दिइएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको दश वर्षे महान् जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णयलाई गत पुस १३ गते सर्बोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्बोच्च अदालतको आदेशसँगै गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै यसवर्ष फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा नहुने उल्लेख गरेको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo