असार ३१ गते २०८३
07:06: PM
असार ३१ गते २०८३
07:06: PM

पाथीभरामा चढाए १८४ तोला सुन र ९२ केजी भन्दा बढी चाँदी

पौष १४ गते २०८०
8:32 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा १८४ तोला छ लाल सुन र ९२ केजी ६५० ग्राम चादी भत्तजनले जढाएको छ । चार वर्ष भक्तजनले चढाएको सुन हो भने चाँदी भने विगत देखि हाल सम्म भक्तजनले चढाएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार २०७७ साल यता पाथीभरामा भक्तजनले चढाएको १८६ तोला छ लाल सुन चढाएको छ । ८५ तोला ८ लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको छ भने ९९ तोला १२६ लाल सुन भने रिफाइन नगरिएको अवस्थामा रहेको समितिका सदस्य एवम् सुनचाँदी व्यवस्थापन उपसमिति संयोजक शम्भुप्रसाद गौतमले जानकारी दिनुभयो । त्यस्तै रिफाइन नभएको चाँदी ९२ केजी ६५० ग्राम रहेको समितिले जानकारी दिएको छ । अन्य धातुमा तामा छ हजार ५३९ केजी ७७५ ग्राम र विभिन्न धातुको घण्टी १६ हजार ३६८ केजी रहेको पनि समितिले जनाएको छ । भक्तजनले चढाएको सुन र चाँदीलाई चाँडै रिफाइन गरी बिक्रीसहित व्यवस्थापन गर्ने योजना रहेकोसमेत समितिले जानकारी दिएको छ । यता पाथीभराको थप प्रचारप्रसार र दर्शनार्थीका लागि देवीको दर्शनलाई सहज बनाउने कार्यमा पाथीभरा क्षेत्र विकास समिति निरन्तर लागिपरेको समिति अध्यक्ष रक्की थेबेले बताउनुभयो । अधिकतम् भक्तजन आउनेगरी दर्शन यात्रालाई अझ सहज बनाउने, भेटीपातीलाई थप व्यवस्थित गर्ने र सबैसामु पारदर्शी हुनेगरी समितिले योजना बनाएर काम गर्न सुरु गरेको पनि अध्यक्ष थेबेको भनाइ छ । समितिको दायित्यलाई प्रभावकारी बनाउन जनशक्ति तथा कार्यालय व्यवस्थापनको थप काम भइरहेको समितिले जानकारी दिएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo