श्रावण १ गते २०८३
02:47: AM
श्रावण १ गते २०८३
02:47: AM

च्याब्रुङ नाचको प्रर्दधन

पौष १२ गते २०८०
2:35 pm
Author Avatar
फक्ताङलुङ दर्पण

चासोक तङ्नामको अवसरमा आयोजित च्याब्रुङ नाच (केलाङ) प्रतियोगिताको उपाधि भिमाले याक्थुङ केलाङ सयङ याङवरक–२, पाँचथर विजेता बनेको छ । आफ्नो संस्कृतीको संरक्षण प्रवर्धन गर्नका लागि च्याबु्रङ प्रतियोगिताको आयोजना गरिएको हो ।
सहभागी ५ टिमलाई पछि पार्दै उपाधि जितेको याङवरकले नगद ५० हजार हात पारेको छ । विवाह, उत्सव, शुभ कार्यमा बजाइने च्याबु्रङ प्रतियोगिताको लागि कम्तीमा १६ जना हुनुपर्ने र सुरु गरेको १५ मिनेटको समयमा समापन गरिसक्नु पर्ने नियम आयोजकले बनाएको थियो ।
भानुजन माविको मैदानमा भएको प्रतियोगिताको उप–विजेता आनी साक्थिम प्रशिक्षण केन्द्र ताप्लेजुङ बनेको छ । आनी साक्थिमले ३० हजार नगद जितेको छ । ताप्लेजुङकै किरात याक्थुम चुम्लुङ लिम्बू कलाकार परिषद् तृतीय बनेको छ । उसले २० हजार नगद हात पारेको छ ।
च्याब्रुङमा नाच्दाको शैली, त्योबेला हालिने भाका, खुट्टाको चाल, नाच्दा लगाइएको भेषभुषा, च्याब्रुङम नाचलाई राखिने सगुनलगायतका विषय हेरेर निर्णय गरिएको निर्णयमण्डलका सुरज मादेनले जानकारी दिनुभयो । निर्णायक मण्डलमा मादेनसहित गणेश सेनेहाङ लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई रहनुभएको थियो ।
लिम्बू बहुल समाजमा सबै प्रकारका शुभकार्यहरुमा च्याब्रुङ को प्रयोग हुने गर्दछ । खासगरेर नयाँ घर बनाए पछि लिम्बु परम्परा अनुसार गरिने अक्वामाको पुजामा र विवाह समारोहमा च्याब्रुङ बजाएर च्याब्रुङको धुनसंगै खुट्टाको चालमा महिला तथा पुरुषहरु लहरै नाचिरहेका देखिन्छन् ।
अक्वामा पुजामा नयाँ घरको मूल खम्बाको वरिपरि च्याब्रुङ बजाउँदै नाचिन्छ भने विवाह उत्सवमा खुला चउरहरुमा सामुहिक नाच गरिन्छ । पुरुषहरुले च्याब्रुङ भिरेका हुन्छन् । महिलाहरुले भने च्याबु्रङ वोकेको पाइदैन । तर महिलाहरु पनि तालमा ताल मिलाएर नाच्ने गर्दछन् ।
च्याब््रङलाई लिम्बु भाषामा के भनिन्छ । खोक्रो काठको मुढामा दुवैतिरको छालाले मोरेर बनाइएको बाजा नै के अर्थात च्याब्रुङ हो । यसलाई गलामा छालाको डोरी झुन्ड्याएर छातीमा अड्याए पछि एकातिर हत्केलाले र अर्कोतिर छोटो च्याप्टो लट्ठीले हिर्काएर धुन सिर्जना गरिन्छ ।
यसैगरी लिम्बू कुल गुरु येवा, येमा र सान्बाले गुरु पुजा गर्दा याग्राङसिंग गाडेर अनुष्ठान गर्दा च्याबु्रङ बजाउने प्रचलन छ । यस बाहेक घरप्रचौ, स्वागत सत्कारमा यो बाजा बजाउने गरिन्छ । हिजो आज
हाङवाले चलाएको विश्वास गरिन्छ ।
लिम्बु आख्यान अनुसार तिगेन्जोङ्नाका छोराहरु नाम्सामी (मानव) र केसामी (बाघ) बीच भएको युद्धमा केसामीको पराजय तथा मृत्युपछि उसको छालाबाट च्याब्रुङ बनाइएको हो । अर्को लोक आख्यान अनुसार सोधुङ्गेन लेप्सुहाङका छोरा पाजाइबाले प्रथक घर बनाए पछि घुन लागेर भत्कनबाट जोगाउन च्याब्रुङकोे उत्पत्ति भएको हो । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo