श्रावण ५ गते २०८३
04:03: AM
श्रावण ५ गते २०८३
04:03: AM

एकिकृत बस्ती निर्माण कार्य सुरु

श्रावण १४ गते २०८०
7:30 am
Author Avatar
फक्ताङलुङ दर्पण

फक्ताङलुङ दर्पण/ताप्लेजुङ

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण कार्य थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तिहरुलाई सुरक्षित स्थानमा उकीकृत बस्ति निर्माण प्रक्रिया थालेको हो ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले तीन दिनमा १५ वटा अस्थायी घर निर्माण भई सकेको बताउनुभयो । उहाँले निर्माण कार्य तिब्र गतिले अघि बढेको बताउदै यसलाई अझ प्रभावकारि र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन तथा दर्ता भइ संचालनमा रहेका टोल बिकास सस्थाहरुको भुमिका महत्त्वपूर्ण भएकाले सबै टोलबिकास सस्थाहरुले आफ्ना सदस्यहरुलाई परिचालन गर्न आग्रह समेत गर्नु भएको छ ।
विपदको समयमा एक आपसमा सहयोग गरेर पैचो लगाई राख्न र भोलि आफुलाई पर्दा पनि विर्सने छैनन भन्ने सोचका साथ सहयोगमा जुटन मैवाखोलावासीसँग आग्रह समेत गर्नु भएको छ । उहाँले बाढी पहिरो पीडितहरुलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण कार्य स्वतस्फूर्त रुपमा सहभागी हुन र सो को लागि टोलबिकास सस्थाहरुले जनश्रमदानमा आउदा अध्यक्षसँग समन्वय गर्न समेत अनुरोध गर्नु भएको छ ।
गाउँपालिकाका अनुसार जोखिममा रहेका ओदक क्षेत्रका ६४ घर परिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको मदन भण्डारी रङ्गशालामा अस्थायी एकीकृत बस्ती बनाइ स्थानान्तरण गर्ने योजनाका साथ काम भइरहेको मैवाखोला गाउँपालिकाका प्रविधिक शाखाले जनाएको छ ।
गत असार २ गते राति आएको पहिरोका कारण ओदकका घर जोखिममा परेका हुन् । पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिक रुपमा उपलब्ध गराउन आग्रह समेत गरेको छ । ६४ घर परिवारलाई एकीकृत बस्ती निमार्ण गर्न करिब एक करोड खर्च लाग्ने मैवाखोला गाउँपालिकाको निः प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मीमाया गोम्देनले बताउनुयो । गोम्देनका अनुसार अबको करिव एक महिना सम्ममा एकृकीत बस्ति निर्माण सम्पन्न् हुने छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo