श्रावण १० गते २०८३
01:48: PM
श्रावण १० गते २०८३
01:48: PM

बोलेरो पल्टिँदा चालकको मृत्यु

मंसिर १८ गते २०८०
7:43 am
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानिया ।

ताप्लेजुङमा गएरात बोलेरो जिप दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ । फुङलिङ ५ बस्ने ३० वर्षिय निशान लिम्बूको मृत्युभएको हो ।
सिरिजङ्गा गाउँपालिका—८ याम्फुदिनमा गयराति बोलेरो जिप दुर्घटना हुँदा बोलेरो चालक मृत्युभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूले जानकारी दिनुभयो । लिम्बूले चलाएको प्र।१–०१–००१ज।३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भोटेगाउँबाट छेबुकतर्फ जाँदै गर्दा गाडी बन्द भई बिग्रिएकाले चालक निसान आफैंले केही युवालाई गाडी धकेलिदिन लागि सहयोग गर्न बोलाएको बताइइएको छ। गाडी पछाडिबाट ओरालोतर्फ धकाल्ने क्रममा अनियन्त्रित भई सडकको भित्तामा ठोकिँदा अचानक सवारी पल्टिएर चालक लिम्बूले चलाएको सवारीले किचिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिरः फाईल

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo