श्रावण १० गते २०८३
07:45: AM
श्रावण १० गते २०८३
07:45: AM

सहयोगबाट एक करोड १७ लाख रुपैयाँको फाल्गुनन्द लिङदेनको प्रतिमा स्थापना

कार्तिक २८ गते २०८०
8:37 am
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, ताप्लेजुङको तोक्मेडाँडामा एक करोड १७ लाख ६१ हजार १२७ रुपैयाँ सहयोग संकलनबाट किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको प्रतिमा स्थानपन गरिएको छ । फाल्गुनन्दको योगदानलाई स्मरण गर्नका लागि देश विदेशबाट सहयोग संकलन गरेर प्रतिमा स्थापन गरिएको हो .

स्मारक निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बूका अनुसार १५ फिट अग्लो र एउटै ढुङ्गाबाट बनेको १३५ क्विन्टल वजनको फाल्गुनन्दको प्रतिमा स्थापना गरिएको हो । रसिद कटाएर एक करोड पाँच लाख आठ हजार १९७ रुपैयाँ संकलन भएको फेम्बूले बताउनुभयो । त्यस्तै बेलायतबाट सात लाख ६० हजार ५८८ रुपैयाँ संकलन भएको थियो । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाबाट १२ लाख १७ हजार ९२० रुपैयाँ र पाथीभरा याङवरक गाउँपालिकाबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको निर्माण समितिले जनाएको छ ।
जनश्रमदान बाहेक जम्मा फाल्गुान्दको प्रतिमा निर्माणमा एक करोड १७ लाख ६१ हजार २९ रुपैयाँ खर्च भएको अध्यक्ष फेम्बू बताउनुभयो । समितिका दक्ष र अर्धदक्ष जनशक्ति गरी विभिन्न किराँत धर्मालम्बीहरुले करिब साढे पाँच लाख रुपैयाँ बराबरको श्रमदान गरेको निर्माण समितिले जनाएको छ ।


प्रतिमा निर्माण गने क्रममा ढुवानीमा ३४ लाख दई हजार रुपैयाँ खर्च भएको समितिले जनाएको छ । त्यस्तै बालुवा, गिटी, ढुङ्गामा ७ लाख ६०० हजार, रड सिमेन्टमा १४ लाख १८ हजार ४४५, मार्बल टायल खरिदमा ४ लाख दुई हजार ५०० रुपैयाँ खर्च भएको छ । प्रतिमा ओढाइएको तामाको छाता खरिद तथा ढुवानीमा ६ लाख, यातायात अन्तर्गत हवाई सेवा अन्य सवारीमा १८ लाख ५०० रुपैयाँ खर्च भएको निर्माण ससमितिले जनाएको छ ।
शिलालेख तयारीका लागि ९ लाख ५० हजार रुपैयाँ खर्च हुँदा निर्माणमा आठ लाख ३०० रुपैयाँ खर्च भएको छ । प्रतिमा अनावरणको समयमा ६ लाख ८० हजार ८१० रुपैयाँ,ब्यानर, पोस्टर तथा सञ्चारमा ३ लाख ५३ हजार २८९ रुपैयाँ, विद्युतीय सामाग्री खरिदमा ९ लाख ५ हजार ७७० र विविधतर्फ २ लाख ५५ हजार ८८ रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यस्तै स्मारक निर्माण समितिसँग ८ लाख रुपैयाँ बढी बैङ्क मौज्दात रहेको फेम्बुले बताउनुभयो ।…

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ तोक्मे डाँडामा सहयोग संकलन गरेर स्थापना गरिएको फाल्गुनन्द लिङ्देनको प्रतिमा । तस्बिरः दिलकुमार लिम्बू

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo