सहयोगबाट एक करोड १७ लाख रुपैयाँको फाल्गुनन्द लिङदेनको प्रतिमा स्थापना
Phaktanglung Darpan
कार्तिक २८ गते २०८०
8:37 am
फक्ताङलुङ दर्पण
फुङ्लिङ, ताप्लेजुङको तोक्मेडाँडामा एक करोड १७ लाख ६१ हजार १२७ रुपैयाँ सहयोग संकलनबाट किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको प्रतिमा स्थानपन गरिएको छ । फाल्गुनन्दको योगदानलाई स्मरण गर्नका लागि देश विदेशबाट सहयोग संकलन गरेर प्रतिमा स्थापन गरिएको हो .
स्मारक निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बूका अनुसार १५ फिट अग्लो र एउटै ढुङ्गाबाट बनेको १३५ क्विन्टल वजनको फाल्गुनन्दको प्रतिमा स्थापना गरिएको हो । रसिद कटाएर एक करोड पाँच लाख आठ हजार १९७ रुपैयाँ संकलन भएको फेम्बूले बताउनुभयो । त्यस्तै बेलायतबाट सात लाख ६० हजार ५८८ रुपैयाँ संकलन भएको थियो । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाबाट १२ लाख १७ हजार ९२० रुपैयाँ र पाथीभरा याङवरक गाउँपालिकाबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको निर्माण समितिले जनाएको छ । जनश्रमदान बाहेक जम्मा फाल्गुान्दको प्रतिमा निर्माणमा एक करोड १७ लाख ६१ हजार २९ रुपैयाँ खर्च भएको अध्यक्ष फेम्बू बताउनुभयो । समितिका दक्ष र अर्धदक्ष जनशक्ति गरी विभिन्न किराँत धर्मालम्बीहरुले करिब साढे पाँच लाख रुपैयाँ बराबरको श्रमदान गरेको निर्माण समितिले जनाएको छ ।
प्रतिमा निर्माण गने क्रममा ढुवानीमा ३४ लाख दई हजार रुपैयाँ खर्च भएको समितिले जनाएको छ । त्यस्तै बालुवा, गिटी, ढुङ्गामा ७ लाख ६०० हजार, रड सिमेन्टमा १४ लाख १८ हजार ४४५, मार्बल टायल खरिदमा ४ लाख दुई हजार ५०० रुपैयाँ खर्च भएको छ । प्रतिमा ओढाइएको तामाको छाता खरिद तथा ढुवानीमा ६ लाख, यातायात अन्तर्गत हवाई सेवा अन्य सवारीमा १८ लाख ५०० रुपैयाँ खर्च भएको निर्माण ससमितिले जनाएको छ । शिलालेख तयारीका लागि ९ लाख ५० हजार रुपैयाँ खर्च हुँदा निर्माणमा आठ लाख ३०० रुपैयाँ खर्च भएको छ । प्रतिमा अनावरणको समयमा ६ लाख ८० हजार ८१० रुपैयाँ,ब्यानर, पोस्टर तथा सञ्चारमा ३ लाख ५३ हजार २८९ रुपैयाँ, विद्युतीय सामाग्री खरिदमा ९ लाख ५ हजार ७७० र विविधतर्फ २ लाख ५५ हजार ८८ रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यस्तै स्मारक निर्माण समितिसँग ८ लाख रुपैयाँ बढी बैङ्क मौज्दात रहेको फेम्बुले बताउनुभयो ।…
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ तोक्मे डाँडामा सहयोग संकलन गरेर स्थापना गरिएको फाल्गुनन्द लिङ्देनको प्रतिमा । तस्बिरः दिलकुमार लिम्बू