ज्ञानु फुरुम्बो (चरपे)
बेलायतको स्विन्डनमा गत शनिबारका दिन नेपालको १६ औँ राष्ट्रिय बिभुति मुहिङगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेनको जन्मजयन्ति विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
शनिबार सनिबार लिङदेनको १ सय ३९ औँ जन्मजयन्तिको अवसरमा स्विन्डनमा भएको महागुरु जन्मजयन्ति शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाइएको छ । सेवा साबा संयोजक मंगल सिं लिङदेनको नेतृत्वमा बिहान ७ बजेबाट सेवापुजासुरु भई मध्यान ११ बजे सबै सेवा सके पछि ओैपचारिक कार्यक्रम तर्फ केन्द्रित भएका थिए । किराँती समुदायका धर्मावलम्बीहरूले मौलिक पोशाकमा उपस्थित भई एक आपसमा शुभकामना आदान–प्रदान तथा फाल्गुनन्दको योगदानको चर्चा गर्दै जन्मजयन्ति मनाएको आयोजक संस्था किराँत धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके उपाध्यक्ष राजेन्द्र खिम्दिङले बताउनुभयो ।
उहाँका अनुसार विगत लामो समय अगाडिदेखि मुहिङगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ति बेलायतमा भब्य मान्दै आएको र समय र परिस्थित अनुसार बेलायतको विभिन्न स्थानहरुमा जन्मजयन्ति मान्दै आएको यो पालिको १३९ ओै जन्मजयन्ती चाहिँ स्विन्डनमा विभिन्न संघ,सस्थाका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको बताएका छन ।
कार्यक्रमको प्रमुख अथिति बेलायत नेपाली राजदुवास उपनियोग श्रीमती रोशन खनालको रहनु भएको थियो भने विशेष अथितिहरुमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सहल्लाकार धरान माङहिमका पुर्ब अध्यक्ष पञ्चराज थोप्रा, अथितिहरुमा किरात याक्थुङ चुम्लुङ युकेका महासचिव जुरेन्द्र खजुम पत्रकार महासघ बेलायतका प्रतिनिधि बिश्वास दिप तिगेला,,गुरुङ समाज स्विन्डेनका प्रतिनिधि श्रीमती तिज गुरुङ,किरात राई यायोखाका स्विन्डन शाखाका अध्यक्ष भोला बिक्रम राई,ल्ब्ध् का अध्यक्ष ज्ञान गुरुङ,विश्व साहित्य महासंघ बेलायतका अध्यक्ष लाल सुन्दर राई,लगाय विभिन्न बिभिन्न समाजिक संघ संस्थाहरु प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम प्रमुख अथितिको हस्तवाहुलिबाट उदघाटन हुन साथ किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय युके उपाध्यक्ष लोचन चोङवाङक्याकले स्वागत मन्तब्य राख्नु भएको थियो । महागुरु फाल्गुनन्द लिङदेनज्युको संक्षिप्त जीवनीको बारेमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष नन्दा चेम्जोङले प्रस्तुत गर्नु भएको थियो ।
यसै गरि किरात याक्थुङ चुम्लुङ बेलायतका महासचिव जुरेन्द्र खजुमले नेपालेको राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दज्युले समाजमा दिएको अमुल्य योदानको बिषयमा आफ्ना शुभकामना मन्तब्य सहित राख्नु भएको थियो, राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङदेन महान युगपुरुष साथै विश्व शान्तिका उदघोषक,सत्य,अहिंसा मार्ग दर्शनका एक महान मानव र समाजका लागि एक महान दार्शनिक हुन उहाको महान बिचार दर्शन र सत्य मार्गले विश्व मानव जगतमा शान्ति छाउन सकोस भनि कार्यक्रमका प्रमुख अथितिज्यु आफ्ना शुभकामना मन्तब्य सहित राख्नु भएको थियो ।
यसै गरि महागुरुको जन्मजयन्तीको पावन आवसरमा किरात धर्म साहित्य उत्थान संस्था राष्ट्रिय समिति युकेले किरात धर्मलम्बी भान्जा भान्जीहरुलाई बिबिधि बिषयगत उच्चा शिक्षा हासिल गरेकोमा प्रोत्सानका लागि प्रशंसा पत्र प्रदान प्रदान गरेको थियो
निर्मल पतङवाको संयोजकत्वमा किरात साम्यो साक्थिङगेन्न पान्जुभो युके समिति कलाकारहरुको मौलिक माङलाङ,केलाङ,युमालाङ र थेवालाङ प्रस्तुत गरिएको थियो भने प्रमुख अथिति लगायत अथितिहरुलाई मौलिक माङबाजार भेषभुषा सहित स्वागत गरेका थिए
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायत अध्यक्ष राम सिं थेबेले सभा बिर्शजन गर्नु भएको थियो भने कार्यक्रम सचिव लाल लिङदेन र सहसचिव पर्बत राईहरुले संचालन गरेका थिए ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
