श्रावण १० गते २०८३
09:37: AM
श्रावण १० गते २०८३
09:37: AM

पाथीभरा क्षेत्र विकास समितिको निर्देकमा हाङवाङ नियुक्त

कार्तिक २१ गते २०८०
6:28 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ ः ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट मंगलबार उहाँलाई चार वर्षका लागि नियुक्त गरिएको नियुक्तिपत्रमा उल्लेख छ ।
पाथीभरा क्षेत्र गठन आदेश २०५६ अनुसार कार्यकारी निर्देशकको पद नेपाल सरकारको उपसचिव सो सरहको हुन्छ । क्षेत्र विकास समितिका अनुसार मासिक तलब भत्ताको व्यवस्था हुन्छ । मनमणि काफ्लेको चार वर्षका कार्यकाल गत कात्तिक ६ गते सकिएसंगै मन्त्रालयले नयाँ कार्यकारी निर्देकमा हाङवाङलाई नियक्त गरिएको हो । हाङवाङ आठराई त्रिवेणी गाउँपालिका निवासी हुन् । यसअघिको स्थानीय तहको निर्वाचनमा हाङवाङ माओवादी पार्टीबाट उपाध्यक्षको उम्मेदवारसमेत बन्नुभएको थियो । उहाँ अहिले पाथीभरा बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo