श्रावण ९ गते २०८३
02:19: AM
श्रावण ९ गते २०८३
02:19: AM

पाथीभरामा एकै दिन साढे आठ हजार गरे दर्शन

कार्तिक १४ गते २०८०
5:38 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ ः समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एकै दिनमा आठ हजार भन्दा बढीले पूजापाठ गरेका छन् । आज(मंगलबार आठ हजार ५०० जना भक्तजनहरु पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका छन् ।
मंगलबार चालू आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्ने मध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । महतका अनुसार दसैँको नवरात्र देखि दसैँ अवधि भरमा एकै दिन ६ हजार ६ सय जनाले मन्दिरको दर्शन गरेको अभिलेख छ । तर मंगलबार साढे आठ हजारले पाथीभरमा मन्दिरमा पुगेर दर्शन गरेका छन् ।
दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापन समेत हम्मे परेको महतले बताउनुभयो । पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीहरुले भूमिका खेल्दै आएका छन् ।
दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार ३६८ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ । यसबर्ष भने दसैँपछि भने दर्शनार्थी बढ्न थालेको पाथीरभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडक समेतमा मर्मत सम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या समेत कम हुन थालेपछि तीर्थालु थपिन थालेका छन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo