श्रावण १० गते २०८३
06:58: AM
श्रावण १० गते २०८३
06:58: AM

‘गन्तब्य टिप्ताला भञ्ज्याङ’

कार्तिक १३ गते २०८०
2:36 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ, नेपाल पत्रकार महासंघ शाखा ताप्लेजुङको कार्यक्रम ‘गन्तब्य टिप्ताला भञ्ज्याङ’ अन्तर्गत पहिलो चरणको टोली सोमबार सदरमुकाम फुङलिङवाट टिप्ताला भञ्ज्याङ प्रस्थान गर्नुभएको छ । सीमा क्षेत्रको अलवोकन तथा पर्यटकीय क्षेहरुको रिर्पोटिङ गर्ने उदेश्यले नेपाल पत्रकार महसंघ ताप्लेजुङको नेतृत्वमा टिप्ताला प्रस्थान गर्नुभएको हो ।
समुद्र सतह देखि पाँच हजार ३०० मिटर उचाइमा अवस्थित टिप्ताला भञ्ज्याङ नेपाल चीनको व्यापारिक नाका पनि हो । नेपाल पत्रकार महासंघ शाखा ताप्लेजुङको अध्यक्ष आनन्द गौंतमको नेतृत्वमा पहिलो चरणमा १६ जान पत्रकार टिप्ताला प्रस्थान गर्नुभएको नेपाल पत्रकार महासंघ ताप्लेजुङले जनाएको छ । पहिलो चरणको टोली सदरमुकाम फुङ्लिङ पुगे पछि दोस्रो चरणको टोली टिप्ताला प्रस्थान गर्ने समय तालिका रहेको महासंघले जनाएको छ । ‘गन्तब्य टिप्ताला भञ्ज्याङ’ पाँच दिनको कार्यक्रम रहेको छ । जिल्लामा रहेर राष्ट्रिय तथा स्थानीय विभिन्न सञ्चार संस्थाहरुमा काम गर्दै आएका सक्रिय पत्रकारहरुलाई यस कार्यक्रममा समेटिएको नेपाल पत्रकार महासंघ शाखा ताप्लेजुङका अध्यक्ष आनन्द गौंतमले बताउनुभयो । पत्रकारको टोली आज सोमबार सदरमुकाम देखि ओलाङचुगोला पुग्ने छन् । मंगलबार समुद्र सतह देखि चार हजार २०० मिटरमा अवस्थित मौवाटार बास पुग्ने छन् । बुधबार समुद्र सतह देखि पाँच हजार ३०० मिटरमा अवस्थित टिप्ताला भञ्ज्याङ पुग्ने छन । टिप्ताला क्षेत्र, मोवाटार,सिङजेमा ताल,ओलाङचुगोला क्षेत्रहरुको पत्रकारहरुको टोलीले विशेष रिर्पोटिङको उदेश्य राखेको अध्यक्ष गौंतमले जानकारी दिनुभयो ।
चीनले तिप्ताला नाका देखि २५ दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो । तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र सङ्खुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दूरीमा छ । सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo