ताप्लेजुङ, नेपाल पत्रकार महासंघ शाखा ताप्लेजुङको कार्यक्रम ‘गन्तब्य टिप्ताला भञ्ज्याङ’ अन्तर्गत पहिलो चरणको टोली सोमबार सदरमुकाम फुङलिङवाट टिप्ताला भञ्ज्याङ प्रस्थान गर्नुभएको छ । सीमा क्षेत्रको अलवोकन तथा पर्यटकीय क्षेहरुको रिर्पोटिङ गर्ने उदेश्यले नेपाल पत्रकार महसंघ ताप्लेजुङको नेतृत्वमा टिप्ताला प्रस्थान गर्नुभएको हो । समुद्र सतह देखि पाँच हजार ३०० मिटर उचाइमा अवस्थित टिप्ताला भञ्ज्याङ नेपाल चीनको व्यापारिक नाका पनि हो । नेपाल पत्रकार महासंघ शाखा ताप्लेजुङको अध्यक्ष आनन्द गौंतमको नेतृत्वमा पहिलो चरणमा १६ जान पत्रकार टिप्ताला प्रस्थान गर्नुभएको नेपाल पत्रकार महासंघ ताप्लेजुङले जनाएको छ । पहिलो चरणको टोली सदरमुकाम फुङ्लिङ पुगे पछि दोस्रो चरणको टोली टिप्ताला प्रस्थान गर्ने समय तालिका रहेको महासंघले जनाएको छ । ‘गन्तब्य टिप्ताला भञ्ज्याङ’ पाँच दिनको कार्यक्रम रहेको छ । जिल्लामा रहेर राष्ट्रिय तथा स्थानीय विभिन्न सञ्चार संस्थाहरुमा काम गर्दै आएका सक्रिय पत्रकारहरुलाई यस कार्यक्रममा समेटिएको नेपाल पत्रकार महासंघ शाखा ताप्लेजुङका अध्यक्ष आनन्द गौंतमले बताउनुभयो । पत्रकारको टोली आज सोमबार सदरमुकाम देखि ओलाङचुगोला पुग्ने छन् । मंगलबार समुद्र सतह देखि चार हजार २०० मिटरमा अवस्थित मौवाटार बास पुग्ने छन् । बुधबार समुद्र सतह देखि पाँच हजार ३०० मिटरमा अवस्थित टिप्ताला भञ्ज्याङ पुग्ने छन । टिप्ताला क्षेत्र, मोवाटार,सिङजेमा ताल,ओलाङचुगोला क्षेत्रहरुको पत्रकारहरुको टोलीले विशेष रिर्पोटिङको उदेश्य राखेको अध्यक्ष गौंतमले जानकारी दिनुभयो । चीनले तिप्ताला नाका देखि २५ दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो । तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र सङ्खुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दूरीमा छ । सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् ।…