दसैँतिहारजस्ता चाडपर्व सुरुभएसंगै ताप्लेजुङमा खसीबोकाको माग बढ्दै गएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा शनिबार र मंगलबार लाग्ने हाटबजारमा चाडपर्वलक्षित खसीबोकाको कारोबार सुरु भएसंगै माग पनि बढेदै गएको हो ।
प्रत्येक साताको मङ्गलबार र शनिबार हाटबजार लाग्ने र खसीबोकाको कारोबार पनि नियमित हुने गरेको छ । यस पटक शनिबारदेखि भने चाडपर्वलक्षित खसीबोकाको कारोबार वात्तै बढ्दै गरिएको हो । दसैँतिहार नजिकिँदै गएपछि समयमै चाडपर्व खर्चको जोहो र कसैले मासुको जोहो गर्नुपर्ने भएकाले स्थानीयले पहिलो रोजाईमा खसीबोकाको मासु हुने भएकाले खसीबोकाको माग बढ्दै गएको व्यावसायीको भनाइ छ ।
ग्रामीण क्षेत्रका किसानले आफूले पालेका खसीबोका हाटबजारमा ल्याएर बिक्री गर्न सुरु गरेका छन् । दसैँतिहार खर्चको जोहो गर्ने उद्देश्यसहित घरमा पालेका खसीबोका हाटमा बिक्री गर्न ल्याएको किसानले बताएका छन् । चाडपर्व खर्च अर्थात् घर खर्च जुटाउने योजना बनाएर आफूहरूले खसीबोका पाल्ने गरेको र चाडपर्व नजिकिएसँगै हाटबजारमा बिक्री गर्न ल्याउन थालेको सर्वसाधारण किसान बताउँछन् ।
गाउँघरबाट खसीबोका ल्याउन थालेपछि आफूहरूले दसैँलाई मासुको जोहोस्वरूप खरिद गर्न थालेको बजारवासीले बताएका छन । दसैँको मुखमा पुगेर मासुको जोहो गर्नुभन्दा अहिले नै गरिराखे सहज हुने भएकाले हाटबजारमा बिक्री गर्न ल्याइएको खसीबोका खरिद गरेको फुङ्लिङ बजारका स्थानीय बासिन्दा गणेश दाहालले बताउनुभयो । गाउँघरका किसानले पालेका खसीबोका मासुका लागि राम्रो हुने उहाँको भनाइ छ । यता स्थानीय किसान तथा व्यवसायीले हाटबजारमा बिक्री गर्न ल्याएका खसीबोका महँगिएको पनि स्थानीयवासीले बताएका छन् । दसैँको मौका छोपेर स्थानीय व्यवसायीले खसीबोकाको मूल्य बढाउने गरेको पाइएको छ ।
हाटबजारमा नियमित खरिद–बिक्री हुने मूल्यको तुलनामा दसैँ नजिकिएपछि खसीबोकाको मूल्य बढाइएको उहाँहरूको भनाइ छ । चाडपर्वका समयमा मासुको खपतसाथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको बताइन्छ । उपभोक्ताका अनुसार अरू समयभन्दा चाडपर्वका बेला विगतदेखि नै खसीबोका निकै महँगो हुने गरेको छ । यस पटक पनि शनिबारे हाटमा यसअघि १० हजार रुपियाँ पर्ने एउटा खसीको मूल्य १५ हजार रुपियाँसम्म मूल्य राखेर खरिद बिव्रmी गर्न थालिएको छ । दसैँका मासुको व्यवस्थापन गर्नैपर्ने भएपछि दुई–चार हजार रुपियाँ महँगो मूल्य लगाएरै भए पनि खसीबोका खरिद गर्न बाध्य हुनु परेको बजारवासी उपभोक्ता बताउँछन् ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
