श्रावण ११ गते २०८३
08:35: AM
श्रावण ११ गते २०८३
08:35: AM

पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा

पौष ११ गते २०८२
8:33 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ – पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदीको फेरी लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदीको लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बुधबारबाट २१ दिने सूचना जारी गर्दै एक सय ७८ तोला ८२ लाल सुन बिक्री गर्न लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपियाँ लिलामी मूल्य तोकिएको छ ।

यस्तै, पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी पनि बिक्री गरिने भएको छ । चाँदीको मूल्य भने न्यूनतम प्रतितोला चार हजार दुई सय ५५ रुपियाँ तोकिएको हाङ्बाङको भनाइ छ । यस अघि पनि क्षेत्र विकास समितिले पटकपटक सुन तथा चाँदीको लिलामका लागि सूचना जारी गरेको थियो ।

तर अहिलेसम्म उक्त सुन चाँदी बिक्री हुन सकेको छैन । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी समितिले सङ्कलन गरी फुङ्लिङमा ल्याएर सरसफाइ गरी रिफाइन गर्ने गरेको छ ।

उक्त सुन तथा चाँदी खरिद गर्न इच्छुकले आगामी पुस २९ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo