वैशाख ५ गते २०८३
08:54: AM
वैशाख ५ गते २०८३
08:54: AM

पाथीभरामा भदौ महिनामा करिब दश लाख भेटी संकलन

असाेज २ गते २०८२
2:50 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भदौ महिनाभर करिब दश लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा मात्र नौ लाख ९७ हजार रुपैयाँ भेटी रकम संकलन भएको हो ।
भक्तजनले चढाएको भेटी तथा दानबाट संकलित रकम समितिले प्रत्येक महिना सार्वजनिक गर्ने परम्परा रहेको छ । यसअघि साउन महिनामा संकलन भएको भेटी रकम १० लाख ३९ हजार रुपैयाँ थियो ।
समितिले दिएको जानकारीअनुसार भदौ महिनामा मात्र चार हजार ५०३ जना भक्तजनले पाथीभरा दर्शन गरेका छन् । भक्तजन नेपालका विभिन्न जिल्ला मात्र नभई छिमेकी भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाललगायत स्थानबाट पनि पाथीभरा पुग्ने गरेका छन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo