सिक्कुम ज्ञानु फुरुम्बा चरपे/युके
'बहुसांस्कृतिक समाजवाद र लोकतन्त्रको नयाँ वैकल्पिक धार' भन्ने दृष्टिकोणसहित संयुक्त पहिचानवादी मोर्चा, युकेको आस्फोर्ड क्षेत्रीय समिति गठन गरिएको छ। स्थानीय भेलाबाट ज्ञानु फुरुम्बो चरपेलाई संयोजक चयन गर्दै २५ सदस्यीय समिति सार्वजनिक गरिएको हो।
भेलाले सह–संयोजकमा दुर्गा पाङ्मा र धनु याक्खा, सदस्य सचिवमा माक्सती ओख्राबो, र कोषाध्यक्षमा लक्ष्मीप्रसाद तुम्बाहाङफेलाई चयन गरेको छ। अन्य सदस्यहरूमा दिपेन्द्र फेयङ, हेम चोङवाङ, लोक गुरुङ, शान्ती लिम्बू सानू, आशा मादेन, प्रेम गुरुङ, नहरजङ माबोहाङ, विनोद वनेम, डागबहादुर चोङवाङ, कविता माबोहाङ, प्रविन लुङफुङवा, बलहाङ माबोहाङ, चन्द्र किरण माबोहाङ, राज आङबुहाङ, काजी मान, मान लक्सम ओख्राबो, प्रशान्त देवान, सिङलाहाङ पतङवा, तेज याक्खा र राजेन्द्र नेम्बाङ रहेका छन्।
समितिको घोषणा कार्यक्रम पहिचानवादी मोर्चा युकेका केन्द्रीय संयोजक देवीबहादुर तुम्बाहाङफेको प्रमुख उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमलाई प्रमुख सचिवालय सदस्य लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए।
सह–संयोजक चन्द्रप्रसाद लिङदेन, विजय लुङफुङवा, संगठन विभाग प्रमुख राम इजम, संवाद विभाग प्रमुख सन्तवीर नेम्बाङ, विचार विभाग सदस्य गणेश इजम, आन्दोलन विभाग प्रमुख दिल तुम्बाहाङफे, तथा केन्द्रीय सदस्यहरू शिखर सम्बाहाङफे र चक्रप्रसाद लिम्बूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले पहिचानवादी मोर्चालाई आजको समयको एकमात्र वैकल्पिक राजनैतिक शक्तिका रूपमा चित्रित गरे। “यो संगठन पहिचान, अस्तित्व र अधिकारबाट पाखा लगाइएका समुदायहरूको साझा आवाज हो,” वक्ताहरूको भनाइ थियो। उनीहरूले मोर्चाले सबै विचारहरूलाई सम्मानपूर्वक समेटेर 'महा–विचार' निर्माण गर्ने र त्यसैबाट नयाँ राजनीतिक धारको उदय हुने विश्वास व्यक्त गरे।
संयुक्त पहिचानवादी मोर्चा युकेले विविध जातीय, भाषिक र सांस्कृतिक समूहहरूको प्रतिनिधित्व गर्दै बहुसांस्कृतिक समाजवादमा आधारित लोकतान्त्रिक विचारमार्फत समानतामूलक समाज निर्माण गर्ने दाबी गरेको छ।