असार ३० गते २०८२
12:31: AM
असार ३० गते २०८२
12:31: AM

कक्षा १२ परीक्षा शान्तिपूर्वक गर्न मानव अधिकार आयोगको आग्रह

वैशाख ८ गते २०८२
5:05 pm
Author Avatar
फक्ताङलुङ दर्पण

राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत शिक्षकहरूको समस्या वार्तामार्फत छिटो समाधान गर्न आग्रह गर्दै शिक्षाको अधिकारमा अवरोध नआओस् भन्नेमा जोड दिएको छ।

अभिभावक संघ नेपालले ५५ लाख विद्यार्थीको शिक्षा अधिकार हनन भएको भन्दै आयोगको ध्यानाकर्षण गराएको थियो। त्यसको प्रतिक्रिया स्वरूप आयोगले नेपाल सरकारलाई पत्राचार गर्दै समस्या समाधानमा चासो देखाउन आग्रह गरेको हो।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "नेपालको संविधानको धारा ३१ र ३९ अन्तर्गत बालबालिकाका मौलिक हकको संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासंघसँग भएका विगतका सहमति कार्यान्वयन गर्न, र कक्षा १२ को परीक्षा शान्तिपूर्वक सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आयोगले सरकारलाई अनुरोध गर्दछ।"

विज्ञप्तिमा थप उल्लेख छ, “समयमै समस्याको समाधान नभएमा लाखौं विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्न सक्ने, शिक्षाको अधिकारमा बाधा पुग्ने, शैक्षिक क्यालेन्डर प्रभावित हुने र समग्र शिक्षा प्रणालीमै नकारात्मक प्रभाव पर्नसक्ने भएकाले समस्या वार्तामार्फत समाधान गरी परीक्षा सहज र शान्तिपूर्वक सञ्चालन हुने सुनिश्चित गर्न नेपाल शिक्षक महासंघ र नेपाल सरकार दुबै पक्षलाई आयोग पुनः अनुरोध गर्दछ।”

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo