असार २९ गते २०८२
10:11: PM
असार २९ गते २०८२
10:11: PM

आस्फोर्ड केन्टमा सामूहिक माङगेन्ना सेवा

चैत्र १७ गते २०८१
7:00 am
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम फुरुम्बो चरपे/ UK

आस्फोर्ड, केन्ट – किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा ३० मार्च २०२५ आइतबारका दिन बेलायतको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मलम्बीहरुको सामूहिक आप्लुङगेन्न ताङसेप चोमेन माङगेन्ना सेवा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा संघका अध्यक्ष राजेन्द्र खिम्दिङ उपस्थित थिए भने विशेष अतिथिहरूमा उपाध्यक्ष केवाहाङ चेम्जोङ, सचिव पर्वत राई, प्रमुख माङसेवा साबा, सल्लाहकार मंगलसिं लिङदेन, र सल्लाहकार विश्वासदीप तिगेला रहनुभएको थियो।

धार्मिक विधि अनुसार प्रमुख माङसेवा साबा मंगलसिं लिङदेनले किरात साम्जिक मुन्धुम वाचन गरी भक्तजनहरूको माङगेन्ना सेवा सम्पन्न गराएका थिए। कार्यक्रम संघका उपाध्यक्ष निर्मल पतङवाको सभापतित्वमा सम्पन्न भएको थियो भने सह-सचिव निराज माबोहाङले कार्यक्रम संचालन गरेका थिए।

हरेक वर्ष बेलायतका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका किरात धर्मलम्बीहरूले परम्परागत रूपमा सामूहिक आप्लुङगेन्न ताङसेप चोमेन माङगेन्ना सेवा गर्दै आएका छन्। किरात धर्म अनुसार माङगेन्ना एक महत्वपूर्ण धार्मिक कर्म हो जसलाई आत्मा शुद्धीकरण तथा रक्षा गर्ने विधिको रूपमा लिइन्छ।

जनविश्वास अनुसार माङगेन्ना भनेको 'शिर' हो, जसलाई सधैँ उच्च र पवित्र राख्नुपर्ने हुन्छ। किरात साम्जिक मुन्धुम वाचनद्वारा माङगेन्ना उठाइन्छ। यदि माङगेन्ना ढल्यो वा चोत्लुङको फूल ओइलाएमा मानिसले सोचेका कार्यहरू पूरा नहुने, बाधा पर्ने, रोगव्याधि लाग्ने र यहाँसम्म कि मृत्युसम्म हुन सक्ने विश्वास गरिन्छ।

यसै कारण, आत्मा सुरक्षाका लागि हरेक ६ महिनामा अथवा वर्षमा दुई पटक माङगेन्ना गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ। यसले जीवनमा सुख, शान्ति, र समृद्धि ल्याउने विश्वास गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo