श्रावण १० गते २०८३
07:49: AM
श्रावण १० गते २०८३
07:49: AM

ताप्लेजुङमा चार पत्रकार पुरस्कृत

माघ २२ गते २०८१
10:38 pm
Author Avatar
फक्ताङलुङ दर्पण

प्रेस चौतारी नेपाल ताप्लेजुङले चार जना पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । आफ्नो २७ औं स्थापना दिवसको अवसरमा पुरस्कृत गरेको हो ।
पत्रकारितामा योगदान पु¥याएका तीन जना पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो भने ताप्लेजुङ पत्रकार महासंघका अध्यक्ष सुवास आचार्यलाई विशेष सम्मान प्रदान गरिएको थियो । स्थानीय पत्रकारिताको प्रवद्र्धनका लागि विभिन्न व्यक्तिहरूको पहलमा अक्षयकोष स्थापना गरिएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका बलबहादुर तामाङले आफ्ना दिवंगत आमाबुवा जयमति र कर्णबहादुरको स्मृतिमा कोष स्थापना गरी सोही कोषबाट दश हजार १०५ रुपैयाँ राशिको ‘जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार’बाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रदान गरिएको प्रेस चौंतारी जिल्ला अध्यक्ष बसन्त पालुङवाले बताउनुभयो । त्यस्तै, फुङलिङ–९ हाङदेवाका ईश्वरी पौडेलले आफ्ना दिवंगत आमाबुवा भीमादेवी–अग्निप्रसादको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट दश हजार १०५ रुपैयाँ राशिको ‘भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार’बा प्रेस चौतारी नेपाल ताप्लेजुङका उपाध्यक्ष एवं पत्रकार महासंघ ताप्लेजुङका कोषाध्यक्ष मदन गौतमले प्रदान गरिएको छ ।
स्थानीय पत्रकारहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले प्रेस चौतारी नेपाल ताप्लेजुङले आफ्नै स्रोतबाट दश हजार १०५ रुपैयाँ राशिको ‘प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार’बाट प्रेस सेन्टरका काठमाडौं उत्यका उपाध्यक्ष तथा रेडियो काबेलीमा कार्यरत लोकेश लिवाङलाई प्रदान गरिएको प्रेस चौंतारी नेपालका जिल्ला सचिव तेन्जिङ शेर्पाले बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सांसद तिलक कुमार मेन्याङ्वो, प्रेस चौतारीका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा, प्रेस चौतारीका कोशी प्रदेश समिति सदस्य केशवप्रसाद भट्टराई, प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वालगायतको उपस्थिति थियो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo