श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

आज फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

कार्तिक २५ गते २०८१
7:53 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ लगायत किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । फाल्गुनन्द जयन्तीको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ
१९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाजसुधारका लागि नीति निर्माण गरेका थिए जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन् ।
फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरे । त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भयो ।
किरात समाज सुधारमा पु¥याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । किरात समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाइन्छ । यो अवसरमा कोशी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo