श्रावण १० गते २०८३
10:39: AM
श्रावण १० गते २०८३
10:39: AM

मुन्धुममा चेलि माइती फुल लिन र दिन मिल्दैन

कार्तिक १८ गते २०८१
2:30 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सरोज कङ्लिबा याक्थुङ

पहिला मानव चराचर सृष्टि थिए माथि आकाश, तल पृथ्वी,हावा,पानी आगो,केहि थिएन उनै तागेरानिङ्वा भु माङ अदृश्य बाट प्रकट भइ पोरोक्मि यम्भामि माङको रुप धारण गरि माथी आकाश तल पृथ्वी सृष्टि को सृजना गरि हजारौं तारा,हजारौं ग्रह नाम( घाम) ला( जुन) सबैको सृष्टि गरे अनि यो पृथ्वी लाई सुन्दर बनाउनु विभिन्न हिमाल,पहाड,तराई,ढुङ्गा,जगत,प्राणी को पनि उत्पत्ति गराउनु भयो अनि पनि पृथ्वी मा अझै सुहाउँदो देखिएन रेख देख गर्ने को सोच गरि ( साम्याङ रे मना चोगु मेबारेन मु,युप्पारे मना चोगु मेबारेन मु,खाम नु लुङरे चोगु मु,मेबारेन मु,हिल्लि नु मुधिङ रे चोगु मेबारेन मु) अनि एउटा् डाडा गएर सबै भुलि बसि रहदा( सेमिक्ला खाप्पु नु वैहित नेस्से मु ) मानव बनाई ( मन सा परे मेत्तु मु हेक्ले पारे मेत्तु रे पारेमु) यसैगरी मानव सृष्टि भए पछि अदृश्य रुप बाट दृश्य रुपमा मुजिना खेयङना पोखे मु मुजिना खेयङनामारे कुसा( छोरा) सुसुवैङ लालावैङ केजङ साम्तिसा सावायुक्पुङ केम्बा को पहिलो मनव जन्म भयो।
सोहि बेला होरुसा हरु पनि चिल्लिनारा मेलेङ्सिङआङ मेन्छामगेन नामयाप्मि बेबोखेआङ मेवये मु अनि सावायुक्पुङ केम्बा इक्सा इरे खाम्बेक इरे सिन्योक मुदेन जादा थोसोलुङ फियालुङ संग भेट भै एक सुसुरे सुहाम्भे( छोरा) को जन्म हुन्छ अनि होरुसा सुसारि फन्दारि सा बाट साङ्दाङ खिया जन्म हुन्छ त्यस पछि
सावायुक्पुङ केम्बा इक्सा इरे खाम्बेक इरे तेमेन वलङ पे त्यहा मुसोलुङ मुगप्लुङमा संग भेट हुन्छ अनि लालारेन लाहादङना ( छोरी) को जन्म हुन्छ र होरुसा सुसारि फन्दारि सा बाट लिङ्दाङ खिया को जन्म हुन्छ।
सावायुक्पुङ केम्बा इक्सा इरे खाम्बेक इरे श्रीमती हरुको आखि डाहिले गर्दा मुजिना खेयङना आमा भेट्नु जादा बुडि होरुसाको याक्खे खादासराप भइ बिहानी घाम न उदाउनु नपाई परामधाम हुन्छ।
सावायेतहाङ्सा सुहाम्भे र लाहादङना बुवा एउटै हुदा पनि आमा अलग अलग भएको हुदा साङ्दाङ खिया र लिङ्दाङ खिया पान भोते इम्भोते सा हुदा कुरा तल माथि पुर्‍याउने गर्दा उल्टो उल्टो पुर्‍याएर झुक्याएर पहाड को राम्रो फुल लेक फुल दिदै मायाको कुरा खेलाउन थाले अनि सुहाम्भेमा र लाहादङ्ना अल्मल परेर भेट गरेर मात्रै कुरा छिनो फानो हुन्छ भनेर कुरा इङ्घङ पठाउछन।
अनि भेट्ने समय तय हुन्छ अनि भेट हुने भए पछि साङ्दाङ खिया र लिङ्दाङ खियाले रणनीति बनाइ आब हामि फसिने भयो ?कसो गरौं ?? भनि सल्लाह गरे अनि लु सुहाम्भेको जिउमा किर्ना राखुम अनि लाहादङनाको जिउमा जूम्रा राखुम अनि टिप्नु लागौं भनि सल्लाह गरे अनि त्यसै गरे अनि जिउमा हात परे पछि त साङ्दाङ खिया,लिङ्दाङ खिया होरुसाले लु आब तिमीहरूलाई चेलि माइती भन्नु नहुने भयो जिउमा छोयो भनेर काहि फेक्मा गर्‍यो।
अनि ङाराङ मुक हरु भेला भए अनि नहुने काम भयो अब जे हुनु भयो भयो आब छुटिनु पर्छ् भनि ङाराङ मुक को निर्णय भयो अनि सुहाम्भे र लाहाद्ङना छुट्टीएर छुट्ने बेलामा बाचा गरे।
सुहाम्भे- लु आब हामी आज बाट छुट्ने छौं आउदो दिनमा सावायेहाङ्सा हरुले चेलि माइतीहरुले फुल लिया,दिया गर्‍यो भने,हात खुट्टा छुइ जिउआङमा समायो भने काइ फेक्मा गर्यो भने म माथी सेरि (चट्याङ ) साम्भे ( बिजुली )भएर आउछु भनेर आकाश लागे।
लाहादङ्ना-म पनि तल धरातलमा गएर लराङ भएर बस्छु अनि भुइ हल्लाउँदै चिरेर मर्ने छौ भनि जमिन भित्र पसि गए यहा एक सराप गाठो छ अनि हाम्रो समुदायमा हुदैन।
अर्को फेरि सावायेतहाङ सोधुङ्गेन लेप्मुहाङ्को सन्तान १५ थिए अनि केसिङ्गेन पा सोधुङ्गेन लेप्मुहाङ र थामेरा मा आकाश र पृथ्वीमा रहने निर्णय गरे पछि सन्ताङ को भाग लगाउदा चाल्नोमा लगाइ हल्लाउदा केहि माथि अडिए र केहि पृथ्वीमा झरे केहि बिचमा अडकिनु पुगे अनि पृथ्वीमा झर्ने सावायेहाङ एक छोराको बिहे सबै गाउले छरछिमेको बोलाई मेखिम( विवाह) गरे अनि केहि निम्तो छुटेकाहरु रिसाएर बसे त्यस पछि एक छोरा को जन्म हुन्छ अनि सावायेहाङ एक सन्तान काम गर्न जाजा आफ्नो चेलि लाई नानि हेर्नु लगाउछ्न अनि बिहेमा निम्तो छुटेका आएर तेरो भदा लाइ यसरी भन्नु भनि सिकाउछन

  • खेने ग फकफक्के सा यान्यानेसा पामेनेबा मामेनेबा भन्दै भन्नु लगाउद त्यसो नै भने एक दिन उहाको भाउजु आएर हेर्दा त खुट्टा ले कोक्रो हल्लाउँदै
  • खेने ग फकफक्के सा यान्यानेसा पामेनेबा मामेनेबा भन्दै हल्लाउँदै गरेको देखे रिस ले चर भयो गएर आफ्नो श्रीमान लाई सुनाए अनि श्रीमानले आब म मार्छु बहिनिलाई भने त्यसो भन्दा अहिले काटि मार्यो भने त हामी लाई पाप लाग्छ केहि उपाय लगौ भनि लगाउदा आब माथी लेकमा जानु धेरै राम्रो फुल ल्यानु अनि सवै चेलिलाई माङेना फुङ भनि दिनु अनि बहिनी लाई चाहिन माग्यो भने ( नु) स्तनमा फुलले हान्नु अनि ओइलाउनु थालेर मर्छ अस्ति सुहाम्भेमा र लाहादङ्नाको बाचा छ भने पछि त्यसै गरे अनि चेलिको धेरै महिना स्तनमा घाउ आएर देयान्त भएर जान्छ केसिङगेन पा सोधुङ्गेन लेप्मुहाङ को कान यो कुरा पुग्छ र साम्बा फक्तिम्बा लाई जोखना हेर्नु लागौदा त्यस्तो जोखोना भन्दा अव बाट कसैले त्यसो नगरोस् भनेर स्राप परेको छ त्यसैले मुन्धुम लाई मानौ अनि संरक्षण गरौं अन्त्यमा भाषा लाई उल्था गर्दा शब्द मिलेको छैन भने पनि बुझि दिनु होला

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo