ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बु याफ्रेमा गएराति आगलागी हुँदा विद्याप्रसाद सिग्देलको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार आगलागी विद्युत सर्टका कारण भएको आशंका गरिएको छ। रातिको समयमा आगलागी भएपछि घरधनीले भागेर ज्यान बचाएका छन् तर घरका सबै सामग्री जलेर नष्ट भएको छ।
स्थानीयका अनुसार घरमा ठूलो परिमाणमा अलैंची भण्डारण गरिएकाले ठूलो मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।